Trending
>>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस >>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

समाचार


राप्रपाको महिला संगठन अध्यक्षमा अञ्जना शाह रावल निर्वाचित

२५ वैशाख ,काठमाडौँ । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल (काठमाडौं)सर्वसम्मत चयन भएकी छिन् । आइतबारदेखि राजधानीमा जारी महाधिवेशन उपाध्यक्ष, महासचिव सहित ६१ सदस्यीय कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ । महाधिवेशनले उपाध्यक्ष पदमा संगीता मल्ल ठकुरी (धनुषा) र महासचिवमा कुमारी स्याङ्तान(सिन्धुपाल्चोक)

शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ : मन्त्री शर्मा

२५ वैशाख ,ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताएकि छन् । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फुल्चोकी माध्यमिक विद्यालयको ६४औँ स्थापना दिवस कार्यक्रममा सहभागी हुँदै मन्त्री शर्माले स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना

चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

२५ वैशाख ,क्तपुर । मङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे । कक्षा १२ को यस वर्षको

‘महिला हिंसा निवारणका लागि आवाज बुलन्द बनाउनुपर्छ’

२५ वैशाख ,काठमाडौँ । उपसभामुख इन्दिरा रानाले महिला हिंसा विरुद्धको आवाज महिला हिंसा निवारणका लागि प्रतिनिधित्व गर्ने हुनाले निरन्तर बुलन्द गर्नुपर्ने बताएकि छन् । राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित महिला हिंसा निवारणका लागि नीतिगत प्रभाव पार्ने शैक्षिक प्रतिष्ठानसँगको अन्तक्र्रिया कार्यक्रममा उपसभामुख रानाले महिला हिंसा महिलाको मात्र समस्या नभई सामाजिक समस्या

बजेटका सिद्धान्त र प्राथमिकतामा सांसदका सुझाव

२५ वैशाख ,काठमाडौँ । सरकारले हिजो आइतबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरूले संसद्मार्फत सरकारलाई विभिन्न खालका सुझाव दिएका छन् । अहिले मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा नभएर गम्भीर सङ्कटको मोडबाट गुज्रिरहेकाले त्यो समस्यालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको नीति

श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

२५ वैशाख ,काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि बीच बाटोबाटै भैरहवा

पर्यटनबाट श्रीलङ्काले चार महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

२५ वैशाख, एजेन्सी । श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो । श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी

बलात्कार आरोपितलाई पक्राउ गर्न जाँदा गाउँलेहरूले प्रहरीमाथि गरे आक्रमण

२५ वैशाख, कालीकोट । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय शंङ्क बुढालाई पक्राउ गर्न गएको प्रहरी माथि गाउँलेले आक्रमण गरेका छन् । बलात्कारको आरोप लागेका फरार बुढालाई पक्राउ गर्न जाँदा गाउँले प्रहरी र पीडित परिवार माथि आक्रमण गरेका हुन्। सोमबार बिहान साढे ६ बजेतिर बुढालाई प्रहरीले हत्कडी लगाएर सदरमुकाम मान्म

रूसी सेनालाई पराजित गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको वाचा

२५ वैशाख, एजेन्सी । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार युरोप दिवस विजयको सम्झनामा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रूसी सेनालाई पराजित गर्ने वाचा गरेका छन्। “आधुनिक रूसले फिर्ता ल्याउने सबै पुरानो खराबीलाई नाजीवादलाई परास्त गरेजस्तै पराजित हुनेछ,“ जेलेन्स्कीले एक भिडियो बयानमा भनेका छन्– “जसरी हामीले त्यसबेला सँगै खराबीलाई नष्ट

नवनिर्वाचित सभापति राईद्वारा शपथ

२५ वैशाख, काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिहदरबारस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा सभापति राईले सो शपथ लिएकी हुन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उनी राष्ट्रियसभा सदस्य हुन् । नवनिर्वाचित राईले आजै पदबहाली गरिन् ।

सम्वन्धित समाचारहरु