Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

राप्रपाको महिला संगठन अध्यक्षमा अञ्जना शाह रावल निर्वाचित


२५ वैशाख ,काठमाडौँ । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अञ्जना शाह रावल (काठमाडौं)सर्वसम्मत चयन भएकी छिन् ।

आइतबारदेखि राजधानीमा जारी महाधिवेशन उपाध्यक्ष, महासचिव सहित ६१ सदस्यीय कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ । महाधिवेशनले उपाध्यक्ष पदमा संगीता मल्ल ठकुरी (धनुषा) र महासचिवमा कुमारी स्याङ्तान(सिन्धुपाल्चोक) लाई निर्वाचित गरेको छ।

महासचिव स्याङ्तान राप्रपाको तर्फबाट बागमती प्रदेश सभाकी सदस्य समेत हुन् । मनोनीत हुने उपाध्यक्ष पदमा सिजन श्रेष्ठ(काठमाडौं) र सरस्वती श्रेष्ठ(रामेछाप), महासचिवमा रञ्जना सेन ठकुरी(कास्की) र चम्पा अधिकारी(काठमाडौं) लाई सहमतिका आधारमा महाधिवेशनबाट नै चयन गरिएको छ ।

संगठनको महाधिवेशनबाट पारित बिधान अनुसार भएको निर्वाचनबाट विभिन्न प्रदेशका केन्द्रीय समिति सदस्यहरु निर्वाचित भएका छन् । महाधिवेशनले पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, उत्यीडित, जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्दै विधान अनुसारको सदस्य समेत निर्वाचित गरेको छ।

यसअघि संगठनकी महाधिवेशन आयोजक समितिकि संयोजक रावलले बन्द सत्रमा पेश गरेको संगठनको राजनीतिक र सांगठनिक प्रतिवेदन एवं सदस्य सचिव कुमारी स्याङ्तानले पेश गरेको विधानको मस्यौदा सामान्य संशोधन सहित पारित गरेको थियो ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष सहित अन्य पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता, पार्टीका केन्द्रीय सदस्य राजु बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए ।

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता बस्नेत, कार्यसम्पादन समिति सदस्य अधिवक्ता निरुपमा यादव, युवा संगठनका संयोजक अधिवक्ता सुजित केसी र अधिवक्ता नानी थापा सदस्य रहेका थिए ।


प्रकाशित मिति: २५ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?