Trending
>>   कश्मीरको कुलगामको भिडन्तमा एक आतङ्ककारी र दुई सैनिक मारिए >>   अवरुद्ध कालीगण्डकी सडक पुन सञ्चालनमा >>   जुवातास खेलिरहेको क्रममा पाँच जना पक्राउ >>   नेपालको शिक्षा प्राविधिक संकटमा >>   सप्तरीमा बसको ठक्करबाट एक जनाको मृत्यु >>   मौसम : यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना >>   आज मिति २०८२ साल साउन २४ गते शनिबार,हेर्नूहोस् आजको राशिफल >>   बैंकिङ कसूर मुद्दाका कारोबारमा फरार प्रतिवादी पक्राउ >>   रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन >>   यू-२० महिला एसियन कपमा आज साउदी अरेबिया संग नेपालको संघर्षपूर्ण जित
Logo
२४ श्रावण २०८२, शनिबार
२४ श्रावण २०८२, शनिबार

समाचार


बसन्त कुँवर प्रहरीको आइजिपीमा नियुक्त

१० चैत्र, काठमाडाैँ । नेपाल प्रहरीको आइजिपी (महानिरीक्षक) मा बसन्त कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको हो । कुँवर तीन दिनअघि मात्रै प्रहरीको डिआइजिबाट आइजिमा बढुवा भएका थिए  । मन्त्रिपरिषद्को बैठकले कुँवरलाई वरीयता र कार्यक्षमताका आधार नयाँ प्रहरी प्रमुख बनाउने निर्णय गरेको जानकारी

गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ : माधव नेपाल

१० चैत्र, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताएका छन् । पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी) को तेस्रो केन्द्रीय कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकार बनाउनमात्र नभई

बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

१० चैत्र, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उनको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा सात मत परेको थियो । प्रदेशसभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो । प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा (एमाले)को २७,

पवित्र रमजान सुरु

१० चैत्र, काठमाडाैँ । इस्लाम परम्पराको एकमहिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ । हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान अब सुरु भएको बताएका हुन् । ‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल

दाइजो मुद्दाका आरोपी डा.चौधरी जेलमुक्त

१० चैत्र, महोत्तरी । महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन् । पत्नी नेहा चौधरीले दाइजोमा पति डा चौधरीले काठमाडौँमा घर किनिदिन भनेको भन्दै महोत्तरी जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेपछि गत पुस २२ गते महोत्तरी जिल्ला अदालतको आदेशमा डा चौधरी पुर्पक्षमा जलेश्वर कारागार गएका थिए ।

बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीको राजीनामा

१० चैत्र, काठमाडाैँ । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् । प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गरेका छन् । नेकपा(एमाले)बाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिने, आजै राजिनामा दिँदै २ मन्त्री

१० चैत्र, पोखरा। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरने भएको छ । माओवादीले गण्डकीमा एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिइएको छ । त्यस्तै, समर्थन पनि फिर्ता लिने भएको छ । गण्डकी प्रदेशमा खगराज

बाघको आक्रमणबाट महिलाको मृत्यु

१० चैत्र, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ । भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । “पारि एसएसबीको नंं ८ क्याम्पबाट

नेपालका सबै राजाहरू भ्रष्ट थिए, कुन राजा गतिला थिए ? : माधव नेपाल

१० चैत्र, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका सबै राजा खराब भएको टिप्पणी गरेका छन्। पार्टीनिकट भूपू सैनिकहरूको कार्यक्रममा बोल्दै उनले राजाका समर्थकहरूलाई नेपालमा कुन राजा गतिला थिए र ? भन्ने प्रश्न गरेका हुन् । ‘अहिले तपाईं देखिरहनुभएको छ ‘राजा आऊ, देश बचाऊ’ भनिरहेका छन्। राजतन्त्रलाई पुनर्स्थापित

नेपालको जनसंख्या सार्वजनिक, पुरूषभन्दा महिला करीब ७ लाख बढी

१० चैत्र, काठमाडाैँ । नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि सम्पत्तिमा समेत उनीहरुको स्वामित्व क्रमशः वृद्धि हुँदै गएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कूल २३ दशमलव आठ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा रहेको पाइएको छ । जुन २०६८ को तुलनामा एक दशमलव एक प्रतिशतले बढी हो ।

सम्वन्धित समाचारहरु