Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

समाचार


युक्रेनका राष्ट्रपति जेलेन्स्की फ्रन्टलाइन युक्रेन सहर अवडिभकाको भ्रमणमा

६ वैशाख, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार देशको पूर्वमा रहेको एवडिभकाको युद्धग्रस्त सहरको भ्रमण गरेका छन् । जेलेन्स्कीले रुसले कब्जा गरेको डोनेट्स्क सहर नजिकैको सहरमा “उन्नत स्थानहरू” को भ्रमण गरी सेनाहरूलाई ओर्थोडक्स इस्टरको शुभकामना दिएको राष्ट्रपति सम्बद्ध वेबसाइटले जनाएको छ । जेलेन्स्कीलाई परम्परागत इस्टर केकहरू राखिएको टेबुलमा सैनिकहरूसँग

खोटाङको बाक्सिलामा स्वास्थ्य शिविर

६ वैशाख, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज (केएमसी), काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार एक सय दुई जनाले सेवा लिएका छन् । बाक्सिलास्थित पृथ्वी माविमा सञ्चालन गरिएको सो शिविरबाट

आज रुस जाँदै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

६ वैशाख, काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदै छन् । रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रुस जान लागेका हुन् । अध्यक्ष तिमिल्सिना आठ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बुधबार रुस प्रस्थान गर्न लागेका हुन् ।

बिना निष्कर्ष टुंगियो संवैधानिक परिषद्को बैठक

६ वैशाख, काठमाडाैँ । संवैधानिक परिषद्सम्बन्धी बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको बैठक बिना निष्कर्ष सकिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए । उनले अर्को बैठकले

प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले अख्तियारको संशोधन विधेयक प्रस्तुत गर्ने

६ वैशाख, काठमाडाैँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले

बेइजिङको अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु

६ वैशाख, एजेन्सी । बेइजिङको फेङ्ताई जिल्लास्थित एक अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको जिल्लाको अग्नि तथा उद्धार विभागले जनाएको छ । अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट विभागको भवनमा दिउँसो १२ः५७ मा आगलागी भएको बताएका छन् । दिउँसो १ः३३ बजे आगो निभाइएको थियो । आगो निभाउने क्रममा

राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लगियो

६ वैशाख, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।

मन्त्रीसमक्ष किशोरीका २२ बुँदे माग

६ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले मङ्गलबार किशोरीहरूसँग संवाद गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले नवलपुरको कावासोतीदेखि आएको किशोरी अभियानकर्मीको टोलीसँग मन्त्री गुरुङको भेट गराएको थियो । पोखरामा भएको ‘किशोरी संवाद’ कार्यक्रममा किशोरी समूहका प्रतिनिधिले मन्त्री गुरुङसमक्ष ध्यानाकषर्षणपत्र बुझाए ।

चितवनमा दुई जनाले बुझाए हतियार

६ वैशाख ,चितवन । निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका हतियारमध्ये चितवनमा दुई थान हतियारमात्र बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि फिर्ता लगिएका दुई हतियार बुझाइएको हो । जिल्लामा अनुमति लिएर राखिएका ३२ थान हतियार छन् । जिल्ला

सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु

६ वैशाख ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी

सम्वन्धित समाचारहरु