१७ जेष्ठ ,झापा । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन् । तीन जना विपक्षीले समेत
१७ जेष्ठ ,काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सूचना प्रकाशित गर्दै प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । समितिले कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा
१७ जेष्ठ ,चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३–००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
१७ जेष्ठ ,भरतपुर । उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उनि बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार छिन् । उनि आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्छिन् । बाघ संरक्षणका लागि तालिम लिएर सडक नाटक प्रस्तुत गर्न थालेपछि उनले बाघका
१६ जेष्ठ ,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रेमश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा राष्ट्रिय हितमा द्विपक्षीय सहमति र सम्झौता हुने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको अवलोकनपछि आज रासस स्टुडियोमा प्रधानमन्त्री दाहालको बुधबारदेखि हुने भारत भ्रमणबारेमा जानकारी दिँदै उनले भ्रमणका क्रममा आफ्नो
१६ जेष्ठ ,नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नंको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नंको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको
१६ जेष्ठ ,काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी बोर्ड, कार्यालय, समिति तथा एकाइलाई खारेज गर्ने, पाँचवटालाई पुनःसंरचना गर्ने र एउटालाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । बजेट वक्तव्यअनुसार कपास विकास समिति, अतिरिक्त हुलाक कार्यालय, महिला तथा बालबालिका विभाग, नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति,
१६ जेष्ठ ,चितवन । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा राष्ट्र हितका मुद्दामा छलफल हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालका मिचिएका भूमि फिर्ता गर्ने र नेपालको हित हुने विषयमा छलफल हुन जरुरी रहेको
१६ जेष्ठ ,गण्डकी । पर्यटकीय सहर पोखरामा नेपालको साहसिक पर्यटनसम्बन्धी तस्बिर प्रदर्शनी आजदेखि सुरु भएको छ । यहाँ आयोजित प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट–२०२३ को अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले तस्बिर प्रदर्शनी आयोजना गरेको हो । होटल पोखरा ग्राण्डमा आयोजित उक्त
१६ जेष्ठ ,काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित कार्यविधिमाथि छलफल गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित कार्यविधिमाथि छलफल गर्दै आगामी बैठकमा पेश गर्ने निर्णय गरेको समितिका उपसचिव पुष्पप्रकाश खनालले जानकारी दिए । “प्रस्तावित कार्यविधिमाथि संशोधन गर्नुपर्ने देखियो । प्रत्येक दलबाट एक–एक जना