Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

समाचार


आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-२२ प्युखास्थित बुदसिद्धी बहुउद्देश्य सहकारी संस्थामा तार सर्ट भई आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट सहकारीमा रहेको एसि २ थान, कम्प्युटर १ थान, इन्भर्टर ब्याट्री २ थान, पैसा गन्ने मेसिन १ थान लगायतका सामान जलेर क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् । सोलुखुम्बु,

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ । बिराटनगर महानगरपालिका-५ बरगाछि चोकमा बा.प्र ३-००१ ख १४११ नम्बरको ट्रकले को.३६ प २८८९ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका-९ बस्ने २५ वर्षीय नगेन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । सोही

भरूवा बन्दुकसहित एक जना पक्राउ

रामेछाप । उमाकुण्ड गाउँपालिका-२ बुक्तेल बस्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका ६० वर्षीय सप्बा तामाङलाई एकनाले भरुवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाम्तीबाट खटिएको प्रहरीले तामाङको गोठभित्र लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काभ्रे पनौती नगरपालिका-६ ठेगाना भएका ६७ वर्षीय रामभक्त थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत पाटनको २०७१ बैशाख २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद र ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रूपैयाँ ७४ पैसा विगो

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका-१२ घर भई काठमाडौं सामाखुशी बस्ने ३० वर्षीया मन्जु रावत घर्तीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घर्तीले ३ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु

नक्कली सुन देखाई ठगी गर्ने ५ जना पक्राउ                                           

भक्तपुर । नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-५ घर भई भक्तपुर बोडे बस्ने ३८ वर्षीय छुल्टीम लामा, ३३ वर्षीय राजेन्द्र तामाङ, २७ वर्षीय चिन बहादुर लामा, सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ बस्ने ४८ वर्षीय जित बहादुर तामाङ र सिन्धुपाल्चोक बाह्रविसे

१ सय ४९ किलो गाँजासहित १४ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-१३ जिरोप्वाइन्टबाट अवैध लागूऔषध गाँजा १ सय ४९ किलोसहित १४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै बिआर १० पि ९१५४ नम्बरको बोलेरोबाट ५० किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३१ वर्षीय मनोरन्जन मुइमार समेत ४

लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं बौद्धस्थित शेर्पा पार्टी प्यालेसमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतना ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी वृत्त बौद्ध, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी एवम् गोकर्णेश्वर नगरपालिका-६ समेतको संयुक्त सहकार्यमा उक्त

मानवअधिकार संरक्षण एवम् संवर्द्धनमा नेपाल प्रहरी प्रतिवद्ध

काठमाडौं । राज्यको कानून कार्यान्वयन गर्ने मुख्य निकायको रूपमा रहेको नेपाल प्रहरीले नागरिकका संविधान प्रदत्त मौलिक हक, प्रचलनमा रहेका राष्ट्रिय कानूनमा व्यवस्था भएका अधिकार तथा नेपाल पक्ष भएका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूद्वारा सुनिश्चित मानवअधिकारको संरक्षण, संवर्द्धन र परिपूर्तिको लागि सांगठनिक प्राथमिकताको रूपमा अंगिकार गर्दै आएको छ । सोही अनुरूप

मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा विभिन्न व्यक्तिलाई पुरस्कृत गरिएको छ । समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित कार्यक्रमा शनिबार विभिन्न १७ जना व्यक्ति तथा एउटा संस्थालाई १५ हजार राशिसहित प्रमाणपत्रद्वारा सम्मान तथा पुरस्कृत गरिएको हो । साहित्यकार तथा मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा आयोजित

सम्वन्धित समाचारहरु