Trending
>>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा >>   कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन, अन्य आर्थिक उपार्जनका उपाय पनि खोजौँः वरिष्ठ अधिवक्ता… >>   गगनको राजीनामाबारे नेता केसी – पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान… >>   महिलाले महिलाकै विरोध गर्ने होइन, वकालत गर्ने संस्कार बसालौंः महान्यायाधिवक्ता भण्डारी >>   सभापति थापाको राजीनामाबारे केन्द्रिय कार्यसमिति बैठकले निर्णय गर्छः सहमहामन्त्री राणा >>   बारको चेतावनीः दुई तिहाईको सरकारले संविधानवाद र कानूनको शासन चिर्न थाले बारल पोजिसन लिन्छ >>   सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य शुरु >>   नयाँ सरकारलाई सहकारी पीडितको खबरदारी ‘आफ्ना छोप्ने, पराइ हेप्ने प्रवृत्ति नदोहोरियोस्’ (तस्बिरसहित) >>   जानकी मन्दिरमा प्रधानमन्त्री कार्कीको पूजा अर्चना
Logo
६ चैत्र २०८२, शुक्रबार
६ चैत्र २०८२, शुक्रबार

गल्ति सच्याऊॅ, इतिहास दोहोरिन नदिऊॅ


-डा. बाबुराम भट्टराई

नयाॅ पुस्तालाई थाहा नहुन सक्छ! तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करीब करीब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ! मण्डलेतन्त्रको बिगबिगी थियो।जनतामा चरम निराशा थियो।प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए।बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरू राजासंग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाळ आफ्नै साथीहरूबाट “गद्दार” घोषित भएर एक्लिएका थिए!

दिनदिनै रेडियोबाट समाचार आउॅथ्यो- आज प्रनेका ( प्रतिबन्धित नेपाली कांग्रेस) का महामन्त्री पंचायत प्रवेश गरे! भोलि प्रनेकपा ( प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी) का पोलिटब्युरो सदस्य पंचायत प्रवेश गरे! आदि इत्यादि ! मान्छे जिब्रो टोकेर कानेखुशी गर्थे – राजाको निरंकुश ‘पंचायती प्रजातन्त्र’ सय बर्ष टिक्नेभयो!

अर्को बर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए! राजनीति अलि खुकुलो भयो पार्टी छोडेर पन्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले! फेरि पनि जनमत संग्रहमा बहुदललाई धाॅधली गरेर हराइयो!

पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिॅएकै अवस्थामा “गद्दार” कै पगरी भिरेर संसारबाट विदा भए! बिपीले केही बर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे।दशबर्षभित्र अर्को जनआन्दोलन उठ्यो । बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिष्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाळ सजिए।

परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाॅ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो! दश बर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन/मधेसविद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो!
तर इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाॅ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए! देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्।बाबुरामहरू जस्ता केही “मूर्ख” हरू नयाॅ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरैौ र नयाॅ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन्! तर त्यो अरण्यरोदन बनिरहेछ!
के इतिहासको गति रोकिन्छ त? भनिन्छ- History repeats, because men repeat their mistakes ! गल्ति सच्याऊॅ, इतिहास दोहोरिन नदिऊॅ!


प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?