Trending
>>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नयाँ गन्तव्यको पहिचान र विकास गर्न प्रोफाइल बनाउने पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइनेसमेत बताएका छन् ।

पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु

बर्दिया। पौडी खेल्ने क्रममा ‘स्विमिङ पुल’मा डुबेर आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–९ मधुरा बस्ने १६ वर्षका अरबिन्द यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिएका छन्  । कृष्णसार रिसोर्ट प्रालिको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका यादव उपचारका

जनकपुरलाई विवाह गन्तव्य बनाइने

काठमाडौँ। धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने भएको छ । अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा व्यवस्था प्रस्ताव गरिएको छ ।

अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गरिने

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र आर्थिक सुधारका पाँच रणनीति र पाँच रुपान्तरणकारी क्षेत्रका कार्यक्रम ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा प्रस्तुत गर्नुभएको बजेटका पाँच उद्देश्यमा उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि र आर्थिक

सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई चिकित्सकको रेफरमा थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा हेलिकप्टरबाट ल्याइएको छ । गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको उनलाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकहरूले ब्रिफिङ गरेका छन् ।

बजेटमा पहिलो पटक अल्लो र ढाकाको ब्रिफकेस !

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले फरक खालको ब्रिफकेस प्रयोग गरेका छन् उनले पहिलो पटक अल्लो र ढाकाबाट बनेको ब्रिफकेस प्रयोग गरेका छन् । यसअघि छालाको कालो ब्रिफकेस प्रयोग हुने गरेकोमा नयाँ खालको ब्रिफकेस प्रयोग भएको मन्त्रालयले जानकारी दिएको छ । ठमेलको युनिक लेदर ह्यान्डिक्राफ्ट प्रालीबाट खरिद गरिएको अर्थ मन्त्रालयले जानकारी

संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण (लाइभ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ । मन्त्रिपरिषदको बैठकले भर्खरै बजेट पास गरेसँगै संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैछन । https://youtu.be/l_-rspoSq-c

मन्त्रिपरिषद‍्बाट आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित

काठमाडौं । मन्त्रिपरिषद‍्बाट आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ।

बजेटको तयारी पूरा

काठमाडौ।आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो । हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान गरेका छन् । ३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको टीओआर प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौं । सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लगाएर मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । यस्तो छ संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर) :

सम्वन्धित समाचारहरु