३० वैशाख, एजेन्सी । हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । लाहोरको कोर्प्स कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर आतङ्कवाद विरोधी ऐन अन्तर्गत दायर गरिएका मुद्दामा पञ्जाब प्रहरीले थप ५४० जनालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेहरूमा इमरान
३० वैशाख, काठमाडाैँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरुपमै जरिवाना गरिएको छ । वाग्मती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने जागरणमूलक सफाइका क्रममा सिनामङ्गल पुलमुनिको नदी किनारमा फोहर फाल्ने लक्ष्मीनारायण शर्मा र हिमालयन विल्डर्सलाई रु १०÷रु १०
३० वैशाख, काठमाडाैँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव सङ्कलन
३० वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताए । “आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे
३० वैशाख, काठमाडाैँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उनले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताएका हुन् । उनले भने, “अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो । सरकार त्यही
३० वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न नसकिने टिप्पणी गरेका छन् । शनिबार शनिबार काठमाडौँको नक्सालमा नागरिक अगुवाहरुले भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध आयोजना गरेको ‘बृहत् आन्दोलन’मा सञ्चारकर्मीहरूसँगै बोल्दै लामिछानेले उक्त टिप्पणी गरेका हुन् । उनले भने,‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको
३० वैशाख, काठमाडाैँ । भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौं, नक्सालस्थित नारायण चौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन । "भ्रष्टचारीलाई कारबाही गर, सामुहिक भ्रष्टचार राज्य बिरुद्धको अपराध हो" जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीरु जम्मा भएका थिए । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय
३० वैशाख, सोलुखुम्बु । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो
३० वैशाख, एजेन्सी । उत्तर प्रदेशको बरेलीको पर्साखेरा औद्योगिक क्षेत्रको एक रासायनिक कारखानामा शनिबार भीषण आगलागी भएको छ। विद्युत चुहावटका कारण आगलागी भएको प्रहरीले जनाएको छ । वरपरका बासिन्दाहरूलाई सावधानीका साथ अन्यत्र सारिएको छ । छ वटा दमकल घटनास्थलमा परिचालन गरिएको छ। यस हप्ताको सशुरुमा बुधबार युपीको बरेलीको जेरह गाउँमा दिल्ली-लखनऊ
३० वैशाख, बाँके । बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो । मृतक साहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन् । प्रहरीका अनुसार साहानी आज बिहान ९ बजे घरदेखि दुई सय