Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पोखराको मदरल्याण्ड माविद्वारा फुटबल खेलाडी भण्डारी सम्मानित


२७ जेष्ठ ,अन्नपूर्ण (कास्की) । पोखराको मदरल्याण्ड विद्यालयले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई नगदसहित सम्मान गरेको छ ।

भण्डारीलाई मदरल्याण्ड माविले नगद रु २५ हजारसहित सम्मान गरेको हो । उनलाई पश्चिम पृतना हेडक्वार्टर विजयपुरका पृतनापति दीपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुवन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले सम्मान गरेका थिए ।

सावित्रा भण्डारी २६ वर्षअघि लमजुङमा जन्मेकि हुन् । विसं २०७० देखि फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा ‘डेब्यु’ गरिन् ।

सन् २०१४ मा भएको साफ च्याम्पियनसीपमा उनि देशको प्रतिनिधित्व गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भए । हालसम्म उनले देशको प्रतिनिधत्व गर्दै एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।

यही योगदानस्वरुप विद्यालयले सम्मान गरेको विद्यालयका प्रिन्सिपल बरालले बताए । सम्मान ग्रहणपछि भण्डारीले असम्भव केही नभएकाले भविष्यको सम्भावना आफैँले खोज्नुपर्ने बताए । विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै आफू खेलकुदमा लागि रहने उनको भनाइ थियो ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?