३१ वैशाख, काठमाडाैँ । नेपाल टेलिकमले 'अल टाइम अल-नेट भ्वाइस प्याक' अफर ल्याएको छ । सस्तो दरमा कुराकानी गराउने उद्देश्य सहित टेलिकमले उक्त अफर ल्याएको हो । यस अफर अन्तर्गत अनलिमिटेड प्याक लिएपछि सबै नेटवर्कमा कुरा गर्न सकिने टेलिकमले जानकारी दिएको छ । यो अफरमा विभिन्न आकर्षक प्याकहरू रहेका छन्
३१ वैशाख, काठमाडौं । नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन (हल) मा प्रदर्शन भइरहेका छन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् । पछिल्लो समय नेपाली
३१ वैशाख, महोत्तरी । भारतबाट पेस्तोल लिएर आउन लागेका युवक पक्राउ परेका छन् । महोत्तरीको एकडारा गाउँपालिका–४, हल्खोरी बजारबाट पेस्तोलसहित ती युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको सीतामढीका २६ वर्षीय पप्पु यादव रहेका छन् । उनी शनिबार पक्राउ परेको बताइएको छ । बीआर३०वाई ९१४२ नम्बरको मोटरसाइकल लिएर नेपालतर्फ
३१ वैशाख, एजेन्सी । हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको छ। गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि सातवटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् । ‘आगलागीबाट पाँच करोडको मदिरा जलेर नष्ट भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी
३१ वैशाख, बागलुङ । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयमा यही शैक्षिकसत्रमा पर्वतको कुश्मा बजारको निजी विद्यालय छोडेर पाँच विद्यार्थी भर्ना भए । यसअघि कुश्माकै निजी विद्यालयमा अध्ययन गर्न छोडेर गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने विद्यार्थी तीन थिए । पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण सहरका निजी विद्यालयमा भए पनि यहाँ
३१ वैशाख, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा सुरु हुने भएको छ । आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
३१ वैशाख, काठमाडाैँ । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान
३१ वैशाख, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । थापा पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा हुन् । तत्कालीन गृहमन्त्री थापाका
३१ वैशाख, सिन्धुपाल्चोक । सवारी साधन दुर्घटना पछि बेपत्ता भएका भएका चालकलाई बचाउन खोज्ने अर्का व्यक्ति आफै प्रहरी हिरासतमा पुगेका छन् । दुर्घटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन प्रहरी सामू उपस्थित भएका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्नेतलाई प्रहरीले पक्राउ
३१ वैशाख, काठमाडाैँ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ । “पश्चिमी वायुको प्रभावले काठमाडौँमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती