Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

समाचार


गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

२६ वैशाख, भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ। धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो। सडकको भित्तामा देवी–देवताको आकृति फेला परेपछि सडकलाई छेउबाट विस्तार गरेर यहाँ संरक्षणको

प्रअहरूसँग कार्यसम्पादन सम्झौता : २ सय २० दिन विद्यालय सञ्चालन गर्नुपर्ने

२६ वैशाख, कास्की । सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गरिएको हो । सङ्घीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजनासमेतको मर्मलाई आत्मसात् गरी महानगरभित्र

कक्षा १२ को वार्षिक परीक्षा सुरु, ४ लाख ६७ हजार विद्यार्थी सहभागी

२६ वैशाख, काठमाडाैँ । कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ । बिहान ८ बजेबाट

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

२६ वैशाख, लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)को आयोजनामा यही वैशाख २८ देखि ३० गतेसम्म ट्राभल मार्ट हुन लागेको हो

‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

२६ वैशाख ,काठमाडौँ । साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको लोकार्पण गर्दै यतिबेला मानिसको रोजाइ हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको छ । साहित्यकार वासुदेव अधिकारीले दुवै उपन्यासले

अनलाइन फारम विदुरले निः शुल्क भरिदिने

२६ वैशाख ,त्रिशूली । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम विदुर नगरपालिकाले निःशुल्क भरिदिने भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठसहितको सरोकारवालाबीच सोमबार भएको निर्णयानुसार प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पुग्ने सेवाग्राहीको आवेदन फाराम नगरपालिकाले

रगत चिस्यान केन्द्र निर्माणमा सहयोग गर्न रेडक्रसको आह्वान

२६ वैशाख ,भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा रक्तसञ्चार सेवाका लागि अत्यावश्यक रगत चिस्यान केन्द्र निर्माणका लागि सहयोग गर्न आह्वान गर्दै यसका लागि ‘मनैदेखि सेवा’ अभियान सुरुआत गरेको छ । विश्व रेडक्रस दिवसका अवसरमा सोमबार जिल्ला शाखाले आयोजना गरेको पदयात्रा एवं आर्थिक सङ्कलन अभियान कार्यक्रममा जिल्ला समन्वय समिति

कामु प्रधानन्यायाशीले भने, ‘न्यायपालिकाले सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको छ’

२६ वैशाख ,काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताएका छन् । आज यहाँ जारी गरेको शुभकामना सन्देशमा उनले कानुन दिवस, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना

आज कानुन दिवस मनाइँदै

२६ वैशाख ,काठमाडौँ । आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष

प्रधानन्यायाधीशमा कार्की सिफारिस

२५ वैशाख ,काठमाडौँ । संवैधानिक परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्नका लागि कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा

सम्वन्धित समाचारहरु