Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


बाटोको पहुँच पुग्यो, घरमै सुत्केरी हुने घटे

ढोरपाटन,बागलुङ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो । अशिक्षा र गरिबीका कारण यहाँका नागरिकले अनेकौँ समस्या भोग्दै आएका थिए । सानै उमेरमा विवाह गर्ने, विवाह गर्ने उमेरमा तीन–चारवटा बच्चा जन्माउने गर्थे, तर अहिले यो अवस्था निकै परिवर्तन भएको

पदमार्गमा ‘करबाकेली’ काव्ययात्रा

म्याग्दी। म्याग्दीको ‘करबाकेली इको’ पदमार्गमा काव्ययात्रा थालिएको छ । करबाकेली बाबा संरक्षण समितिको आयोजनामा देशका विभिन्न ठाउँका १८ कबि, लेखक, पत्रकार र पर्यटनकर्मी सोमबार बेनी बजारबाट करबाकेली इको पदमार्गको यात्रामा गएका हुन् । बेनीबाट करबाकेली हुँदै पुनहिल पुगेर चार दिनमा काव्ययात्रा सकिने करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले जानकारी

विपी स्मृति भवनलाई जुट्यो तीन करोड

गलकोट,बागलुङ। बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ । त्यस्तै, विपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति

प्रथम वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा

वीरगञ्ज,पर्सा । नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसैगरी पुलिस क्लबले सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जसँग प्रतिष्पर्धा गर्ने छ ।

गोरखाको आरुघाट स्तुल खोलामा बेलीब्रिज निर्माण

गोरखा। गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण गरिएको हो । त्यसैगरी एघार किलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काका अनुसार उक्त सडकखण्डअन्तर्गत आरुघाट गाउँपालिका–८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लगेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोख्रेलले जानकारी दिएका छन् । त्यसैगरी भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक

बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बलेवा,बागलुङ। बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय

मधेश सरकारले भूकम्प पीडितलाई ६० लाखको राहत पठाउने

जनकपुरधाम। जााजरकोट र रुकम (पश्चिम) को भूकम्प प्रभावितलाई मधेश प्रदेश सरकारले ६० लाख मूल्य बराबरको राहत पठाउने तयारी गरेको छ । सोमबार बसेको मधेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकले ६० लाख बराबरको खाद्यान्न सामग्री पठाउने निर्णय गरेको थियो । ‘विनाकारी भूकम्पमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जलीसहित

प्रधानमन्त्री प्रचण्डले आज बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै, सरकारले एकद्वार प्रणालीबाट राहत सामग्री वितरणको काम सुरु गरेको छ भने उनीहरुलाई आवासको व्यवस्था गर्ने

जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प

काठमाडौं। जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ । आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै, शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ । यसअघि शुक्रबार राति रामिडाँडा

सम्वन्धित समाचारहरु