Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, “आज तिहारको लक्ष्मीपूजा ! सबैको घरआँगन उज्यालो होस् ! सबैको परिवारमा सुखशान्ति छाओस् !!” सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारमा दीपको उज्यालो जग्मगाउने

तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताएका छन्। तिहार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पर्यावरणको दृष्टिकोणले शुभ दीपावली मनाउने क्रममा पटाका पड्काउनुले पर्यावरणमा नकारात्मक प्रभाव पर्नेतर्फ सचेत रहन अनुरोध पनि गरेका छन् । उपराष्ट्रपति यादवले यस पर्वले सामाजिक सौहार्दता, भाइचारा एवं

नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताएका छन् । तिहार पर्व, २०८१ को अवसरमा बिहीबार विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालमा मनाइने विभिन्न चाड पर्वहरुले विविधतालाई एकतामा बाध्ने कार्य गर्दै आएको

उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल

काठमाडौं । उत्तर कोरियाले पूर्वी तटबाट समुद्रतर्फ एउटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आई.सी.बी.एम.) प्रहार गरेको छ । दक्षिण कोरियासहित छिमेकी देशसँग रुष्ट उत्तर कोरियाले स्थानीइ समय अनुसार विहीबार बिहान ७ बजेर १० मिनेटमा मिसाइल प्रहार गरेको थियो । उत्तर कोरियाको गतिविधिलाई छिमेकी देश जापान, दक्षिण कोरिया र अमेरिका समेतले चासोपूर्वक हेरिरहेको

मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश,र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी

आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल

आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार ( 31 oct,2024) कार्तिक कृष्णपक्ष चतुर्दशी १५:१४ बजेसम्म, त्यसपछी औंसी मेष – राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ। पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ। माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बीच

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छाला २ थान सहित बाग्लुङ वरेङ गाउँपालिका-३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको अवस्थामा ७ जुवाडे पक्राउ

सुनसरी। धरान उपमहानगरपालिका-१ आदर्श मार्ग बस्ने शम्भु रेग्मीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय प्रज्वल रेग्मी लगायत ७ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार २ सय रूपैयाँ र १ बुक

हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं। विभिन्न मितिमा हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले १७ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्

सम्वन्धित समाचारहरु