Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


केन्द्रीय समिति बैठकको तयारीमा जुट्यो माओवादी

१० श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) यही साउन तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकका लागि तयारीमा जुटेको छ । कार्यवाहक पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठकको तयारीका सम्बन्धमा अनौपचारिक छलफल भएको बताइएको छ । बैठकमा केन्द्रीय समिति

संसद भवन घेराउ गर्ने पुगेका प्रदर्शनकारी र प्रहरीबिच झडप

१० श्रावण, काठमाडाैँ । नेपाल प्रहरी र प्रदर्शनमा उत्रिएका लघुवित्त पीडितबिच झडप भएको छ । काठमाडाैँको बानेश्वरमा उक्त झडप भएको हो । माइतिघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने पुगेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा उनीहरूले छेकबार नाघ्न खोजेपछि स्थिति झडपमा पुगेको हो । प्रहरीले बानेश्वरबाट

काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य

१० श्रावण, काठमाडाैँ । काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र  मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र

कृषि फार्ममा अनुगमन गर्दैनन् स्थानीय सरकार

१० श्रावण, काठमाडाैँ । तीनै तहको सरकारका अनुदान लिएर चलेका राजधानी वरपरका कृषि फार्ममा सरकारले नियमन भने नगर्ने गरेको स्थानीयवासीको गुनासो छ । राजधानीको काठ क्षेत्रमा रहेका नगरपालिकाका खाली भागमा प्लाष्टिक टनेलमा तरकारी खेती गर्ने क्रम बढेको छ । तीमध्ये धेरैले कुनै न कुनै सरकारबाट अनुदान लिएका छन्  तर त्यसको अनुगमन

निर्मला पन्तलाई न्याय दिन नसकेकोप्रति चिन्ता व्यक्त

१० श्रावण, काठमाडाैँ । एड्भोकेसी फोरम–नेपालले निर्मला पन्तको क्रूर हत्या र बलात्कार गरिएको पाँच वर्ष बितिसक्दा पनि पीडितले अहिलेसम्म न्याय पाउन नसकेकोमा चिन्ता व्यक्त गरेको छ । उक्त घटनामा निष्पक्ष र स्वतन्त्ररूपले तत्काल अनुसन्धान गर्न तथा पीडकहरूलाई कानुनबमोजिम सजाय गर्न माग गरिएको फोरम नेपालका निर्देशक विकास बस्नेतले आज जारी गर्नुभएको प्रेस

हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत

१० श्रावण, एजेन्सी । भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसङ्घको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम

रास्वपाले बोलायो संसदीय दलको बैठक, सुन तस्करी प्रकरणबारे धारणा बनाउने

१० श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । सुन तस्करी प्रकरणबारे छलफल गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको हो। गत बिहीबार त्रिभुवन विमानस्थलबाट जाँच पास भइ बाहिरिने क्रममा रहेको एक क्विन्टल सुन भन्सार राजश्व विभागले बरामद गरेकाे थियो । अहिले यस विषयले चर्चा पाइरहेको छ ।

कोशी सरकार गठनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

१० श्रावण, काठमाडाैँ । सर्वोच्च अदालतको पूर्ण इजलासमा आज कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर भएको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरु भएको हो । मङ्गलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दाको

बहिनीले लगाइदिइन् दिदीको घरमा आगो

१० श्रावण, काठमाडाैँ । मानसिक अवस्था ठिक नभएकी बहिनीले मङ्गलबार राति दिदीको घर गोठमा आगो लगाइदिएकी छन् । जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षकी मीना विकले दिदी दुर्गा विकको दुईतले जस्ताले छाएको घर र दुईतले खरले छाएको गोठमा आगो लगाउँदा गोठ पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ

दाङमा पाँच वर्षमा २ सय २८ जनाको डुबेर मृत्यु

१० श्रावण, दाङ। दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कानुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ । यसमा एक सय ७४ पुरुष र ५४ महिला छन् । डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाअन्तर्गत छन्

सम्वन्धित समाचारहरु