काठमाडौँ। पर्वत फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुंगा बचत तथा ऋण सहकारी संस्थाको झण्डै पाँच करोड रुपैयाँ हिनामिना भएको छ। ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको चार करोड ८० लाख रुपैयाँ हिनामिना भएको हो। रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन्। तीन जनाविरूद्ध पक्राउ पूर्जी जारी
त्रिशूली (नुवाकोट)। लिखु गाउँपालिका–६ छहरेमा मिनीट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार टोखा–छहरे सडकमा गए राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको हो । दुर्घटनामा तादी–३ का राजाराम
बारा। महागढीमाई नगरपालिका-१ सेमरा तेगछिया नयका टोल बस्ने ५५ वर्षीय भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ६४ वर्षीय सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई प्रहरीले पक्राउ गरेको छ । महागढीमाई नगरपालिका-१ सेमरा तेगछिया सडक खण्डमा नारायण प्रसादलाई कात्तिक १० गते
ललितपुर। गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ र १५ थान कौडा सहित पक्राउ गरेको हो । तनहुँ, भानु नगरपालिका-४ धोतीचौतरा
बाँके । नेपालगञ्ज उपमहानगरपालिका डेंगु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरु आत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेंगु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगञ्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । “नेपालगन्ज डेंगु रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका
काठमाडौं। काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छाला २ थान सहित बाग्लुङ वरेङ गाउँपालिका-३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त छाला सहित पक्राउ गरेको हो ।
सुनसरी। धरान उपमहानगरपालिका-१ आदर्श मार्ग बस्ने शम्भु रेग्मीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ३१ वर्षीय प्रज्वल रेग्मी लगायत ७ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार २ सय रूपैयाँ र १ बुक
काठमाडौं। विभिन्न मितिमा हराएका २५ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले १७ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्
काठमाडौँ । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, “दीपावली, २०८१
काठमाडौँ । नेपाल र चीनको सिमानामा पर्ने मुस्ताङको लामान्थाङ गाउँपालिका-४ स्थित नेचुंगामा निर्माण भएको सशस्त्र प्रहरीको बिओपीमा निर्मित ब्यारेक र अध्यागमन कार्यालय भवनको गृहमन्त्री रमेश लेखकले बुधबार उद्घाटन गरेका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गृहसचिव गोकर्णमणि दुवाडी, आइजिपी बसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय