Trending
>>   वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक >>   काम नलाग्ने दर्जनौँ कानुनहरू खारेज गर्न चाहन्छौंः महामन्त्री थापा >>   एमाले मधेस प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर >>   दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन्छौँः मन्त्री अधिकारी >>   गणेशमान सिंह रोड रेस असार १४ गते हुने >>   छिमेकीहरूसँगको सम्बन्धहरूलाई विस्तार गर्दै लाभ लिन चाहन्छौँः मन्त्री भण्डारी >>   राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित >>   महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छः स्वास्थ्यमन्त्री पौडेल >>   सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै ऐन बनाउने >>   पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रद्वारा जुम्लामा सिंचाई पोखरीको उद्घाटन
Logo
२७ जेष्ठ २०८२, मंगलवार
२७ जेष्ठ २०८२, मंगलवार

पालिका अपडेट


दुई सय विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण

खजुरा,बाँके। खाना पकाउन दाउराको प्रयोग गर्दै आइरहेकामा दाउरा पाउन समस्या हुन थालेपछि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ का दुई सय विपन्न र गरिब परिवारलाई ग्यास चुलो वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ ले आफ्नो वडाभित्रका अतिविपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुलो वितरण गरेको जनाएको छ भने सो वडाभित्र

बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

मङ्गलबारे। गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धन सुरु गरेको छ । बाँदर लगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवर्द्धनमा लागेको हो । पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ भने स्थानीय एक सहकारीमार्फत बेसारको बीउ वितरण सुरु

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

तनहुँ। बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् । उक्त मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन् भने अहिलेको चलनचल्तीको मूल्य रु. एक करोड बराबरको जग्गा प्राप्त

काठमाडौं महानगरपालिकाको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध

काठमाडौं। काठमाडौं महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल आबद्ध भएका छन् । उक्त महानगरका अस्पतालमा ‘निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८०’ को व्यवस्थाबमोजिम महानगर क्षेत्रभित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पताललाई यही फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न महानगर

ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने भन्दै उक्त क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएकाले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा सङ्घसंस्थाहरुलाई उक्त क्षेत्रबाट हट्न महानगरले आग्रह

विष्णुमति करिडोरका अवैध संरचना हटाउन सुरु

काठमाडौं। टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो । उक्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा

१४ हजार केजी कुहिने फोहोर टेकुमा कम्पोष्टिङ

काठमाडौं। काठमाडौं महानगरपालिकाले वडा नं-२७ बाट सङ्कलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको छ । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै सङ्कलन गर्न थालिएको छ भने ढुवानी र व्यवस्थापन पनि छुट्टा–छुट्टैरुपमा गर्ने गरिएको छ । त्यसैगरी, ५ हजार जनसंख्या रहेको वडा नं.

पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

सल्लेरी,सोलुखुम्बु। पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी

कालोपत्रे सडक खनेर अलपत्र छाड्ने ठेकेदारलाई १ लाख जरिबाना

काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्युत् प्राधिकरणको ठेकेदार कम्पनीलाई १ लाख जरिबाना गरेको छ । त्यस्तै, वडा नम्बर १६ र २६ मा विद्युत् प्रसारणलाइन भूमिगत गर्ने क्रममा कालोपत्रे सडक खनेर अलपत्र छाड्ने लार्सन र टौट्रो प्रालिलाई महानगरले कारबाही स्वरूप जरिबाना तिराएको हो । स्थानीयवासीहरूको जनस्वास्थ्यमा समेत खेलबाड गर्ने गरी कालोपत्रे सडक खनेर

काठमाडौं महानगरपालिकाका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन

काठमाडौं। काठमाडौं महानगरपालिकाका सबै वडामा वडा स्तरीय अनुगमन समिति गठन भएको छ । सो महानगरपालिकाको अनुगमन तथा मूल्यांकन कार्यविधि बमोजिम समिति गठन भएको हो । उक्त परियोजना अनुगमन, सुपरिवेक्षण तथा मूल्यांकन गर्ने संस्थागत तथा कानुनी प्रबन्ध आवश्यक भएकाले नगर कार्यपालिकाबाट कार्यविधि पारित गरिएको हो । कार्यविधिमा महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ७

सम्वन्धित समाचारहरु