Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

बकैया गाउँपालिकामा आज शोक बिदा


काठमाडौं। मकवानपुरको बकैया गाउँपालिकाले आज शोक बिदा दिएको छ। बकैया-७ का वडा सदस्य रामकुमार तितुङको निधनका कारण पालिकाले शोक बिदा दिने निर्णय गरेको हो।

त्यसैगरी, मंगलबार दिउँसो १ः३० बजे मकवानपुर जिल्ला बकैया गाउँपालिका-७ मानदमार निवासी तितुङलाई आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढलेर लागेको थियो । पोलले लागेर गम्भीर भएका उनलाई उपचारको लागि हेटौँडाको चुरेहिल अस्पताल पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।उपचारको क्रममा बुधबार बिहान उनको निधन भएको हो।

उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थामा बिहीबार शोक बिदा दिएको उल्लेख छ।

 


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?