काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ । बिहीबार र शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार सम्मको लागि लम्बिएको छ । बिहीबार पार्टी कार्यालय, सानेपामा जारी बैठकमा तीनै वटा प्रस्ताव पेस गरिएको छ । यसलाई केन्द्रीय कार्यसमिति बैठकले पास गरेर महासमितिमा छलफल गरिने छ । यसबीच,
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले बढाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान परिमार्जनसहित पारित भएको छ । नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो । अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ
काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् । ललिता निवास जग्गा अनियमितता प्रकरणमा तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको । पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालिन सचिव दिनेशहरि अधिकारीले पनि
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि समूहहरुबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो । मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २०
काठमाडाैं । कांग्रेसले महासमिति बैठकमा सहभागीहरूलाई स्वागत गर्न उपत्यकाका नाकाहरूमा स्वागतद्वार राख्ने भएको छ । बायाँ बिपी कोइराला र दायाँ सभापति शेरबहादुर देउवाको तस्बिर राखेर उपत्यकाका तीनसहित अन्य तीन जिल्लाका विभिन्न यस्ताद्वार तयार गरिने कांग्रेसले जनाएको छ । काठमाडाैँका नागढुंगा, कलंकी, गोंगबु, महाराजगन्ज, चाबहिल, कोटेश्वर, बल्खु र चोभार, ललितपुरका बालकुमारी, सातदोबाटो, लुभु
काठमाडौँ । नेकपा माओवादीको विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्ने ७ समूहले आज सुझाव पेश गर्ने भएका छन् । हिजाे विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको थियाे । मङ्गलबारदेखि काठमाडौँको कमलाधिस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । भोलि ७ समूहले
काठमाडाैं। कांग्रेस प्रचार विभागले महासमिति बैठकको नारा सार्वजनिक गरेको छ । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता’, ‘स्वतन्त्रता, न्याय र समानता’ तथा ‘नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ नारा तय भएको कांग्रेसले जनाएको छ । बैठक गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुुँदै छ । चौधौँ महाधिवेशनबाट विधान पारित गरी नेतृत्व चयन गरे पनि कांग्रेसले समय अभाव देखाएर
काठमाडाैं । कांग्रेस महासमिति बैठकमा आर्थिक, सामाजिक, धार्मिक सांस्कृतिक र राजनीतिक विषय समेटिएको ५६ पृष्ठको नीति प्रस्ताव पेस हुने भएको छ । नीति अधिवेशन गर्ने गरी कांग्रेसले ७ देखि १० फागुनसम्म महासमिति बैठक आयोजना गर्दै छ । प्रतिवेदन पार्टीका उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको नीतिगत प्रस्ताव समितिले तयार गरेको हो । प्रतिवेदन बिहीबार बस्ने
काठमाडौं । आउँदो शनिवार (फागुन ५ गते शनिवार) जय बागेश्वरीमा ग्वलः अर्केष्ट्रा प्रस्तुति हुने भएको छ । काठमाडौँ महानगरपालिका तथा ग्वलः बाजँ खलःको संयुक्त आयोजनामा वडा नं. ८ को जयवागेश्वरी मन्दिर परिसरमा प्रस्तुति गर्न लागिएको हो । कार्यक्रम आयोजना हुने मन्दिर परिसरमा आज पत्रकार भेटघाट गर्दै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका