काठमाडौं। कांग्रेसको केन्द्रीय कार्यसमितिकाे बिहिबारकाे बैठक सकिएकाे छ । कांग्रेसले साउनदेखि केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण सुरु गरेको थियो भने त्यसबेला पार्टी सभापति शेरबहादुर देउवा स्वयंले लाइभ गर्न जोडबल गरेका थिए । मंसिरमा बसेको बैठक पनि लाइभ गरिएको थियो । उक्त पार्टीकोतर्फबाट मन्त्रीहरूको कामकारबाहीको समीक्षा सहितका एजेण्डामा छलफल गर्न बोलाइएको
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक रहेको भन्दै प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने घोषणा गरेका छन् । ‘प्रधानमन्त्री कार्यालयलाई जति व्यवस्थित हिसाबले लैजानुपर्ने हो, त्यसमा सीमा आफ्ना सीमा महसुस गरेको छु, आज क्याबिनेट बैठकमा निर्णय गराएरै प्रधानमन्त्री कार्यालयको संरचना बदल्छु,’ प्रधानमन्त्रीले भने, ‘६ दर्जन कर्मचारी अनावश्यक
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएकाे छ । बैठक केन्द्रीय कार्यालय सानेपामा सुरू भएकाे हाे । बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ भने मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन् । साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ । उक्त बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छ्न् । सो बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ भने मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन्
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नबबिबाहित नातिनी प्रतिभा पाठक र नातिनीज्वाइँ गोरखाका विज्ञानबाबु रेग्मीको घर पुगेका छन् । उनी सेनाको हेलिकोप्टर चढेर गाेरखा पुगेका हुन् । यी दुई विचमा अघिल्लो साता काठमाडाैँमा भव्य समाराेहविच विवाह सम्पन्न भएको थियो ।
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् । उक्त पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले लोकतान्त्रिक वाम शक्तिले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने बताए । त्यसैगरी, राजनीतिलाई विचारहीन, सिद्धान्तहीन र सस्ता
गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चिता गरिसकेको उल्लेख गरे । त्यसैगरी, गोरखा क्षेत्र
गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई आज सम्बोधन गर्दै, प्रधानमन्त्री दाहालले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताएका
काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताएका छन् । ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उमेरहदबारे कसरी जाने नेतासँग सुझाव मागेका छन् । उनले भने, हामीले ९औँ महाधिवेशनमा ७० वर्षे उमेर हद राख्यौँ, तर त्यो भन्दा तलतिरको नेता जन्माउन सकेनौँ । त्यो
काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन छिटो निर्माण गर्नुपर्नेमा जोड दिएको छ । उक्त बैठक सकिएपछि आज पत्रकारसँग कुराकानी गर्दै जनता समावादी पार्टी (जसपा)का नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रदेशलाई अधिकार दिन अध्यादेशबाटै भए पनि कानुन कार्यान्वयन गर्न मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन् ।