काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघिबाट सो बैठक सुरु भएको हो । उक्त बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बुझिएको छ ।
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित सात सय ५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन् । गत मङ्सिर १४ देखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि सुदूर पूर्वको चिवाभञ्ज्याङसम्म एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ का
काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक तथा सचेकतसँग छलफल गर्दै छन् । मंगलबार सिंहदरबार स्थित संसद् सचिवालयमा सभामुखले छलफलका लागि दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई बोलाएका हुन् । उक्त छलफलमा एमाले सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका छलफलमा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले यसबाट
काठमाडौं। नेकपा एकीकृत समाजवादीले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन काठमाडौंमा आह्वान गरेको छ । उक्त पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्ताबेज मस्यौदासम्बन्धी छलफलका लागि सम्मेलन आह्वान गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । सो सम्मेलनमा आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनाबारे छलफल हुनेछ भने पार्टी
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । उक्त छलफलमा प्रधानमन्त्रीले भने, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको
काठमाडौं। मधेशका आठ वटै जिल्ला कमिटीको जिल्ला परिषद् र जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ । नेकपा एमाले मधेश प्रदेश कमिटी कार्यालयका पदाधिकारीको जनकपुरधाममा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकले जिल्ला प्रतिनिधि परिषद्को बैठकसमेत तय गरेको छ । रौतहटको माघ १८, बाराको माघ २०, पर्साको माघ
काठमाडौं। कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधरसँग वार्ता प्रक्रिया अघि बढाउने भएको छ । गत शनिबार प्रदेश सरकारले वार्ताका लागि समिति गठन गरेको थियो । उक्त समितिले पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी गरेको हो । त्यस्तै, सरकारी वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले पहिचान पक्षधरसँग
काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आवश्यक सुरक्षा व्यवस्था सहितको तयारी कार्य पुरा गरेको जनाएको छ । उक्त आयोगले निर्वाचनका लागि प्रचार प्रसार काम बन्द गर्न आव्हान समेत गरेको छ । यही माघ ११ गते हुने मतदानका लागि निर्वाचक मण्डलको सदस्य रहेका प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष
काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालको पूर्वाञ्चल क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । आगामी माघ २४ गते सुनसरीको इटहरीमा उक्त प्रशिक्षण आयोजना गरिएको सो पार्टीले जनाएको छ । त्यस्तै, यसअघि मुलुकका विभिन्न ६ ठाउँमा पार्टीले त्यस्तै खाले भेला र प्रशिक्षण सम्पन्न गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्