Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

राजनिति


सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन सांसद बास्कोटाको आग्रह

९ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले सत्तापक्षले यसलाई गहनतापूर्वक लिनुपर्नेमा आरोप-प्रत्यारोप र विपक्षीलाई तेजोबध गर्न उत्रिएकामा चिन्ता व्यक्त गरे । सांसद बास्कोटाले

रघुजी पन्तको प्रश्न – कक्षा १० को नेपाली पाठ्यक्रमबाट सन्दुक रुइतको जीवनी कसरी हट्यो ?

९ जेठ, काठमाडाैँ । प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले डा. रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गरेका

युद्धविराम प्रारम्भ भयो तर युद्ध रोकिएन

९ जेठ, एजेन्सी । मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । राजधानी खार्तुमका साथै वरपरका क्षेत्रमा हवाई हमला र झडप जारी रहेको उनीहरूले जनाएका छन् । यसअघिका युद्धविराम

मधेशमा मन्त्रिमण्डल विस्तार हुँदै, तीन मन्त्री थपिने

९ जेठ, काठमाडाैँ । मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेश प्रदेश सरकारले आज (मङ्गलबार) मन्त्रीमण्डल विस्तार गर्ने भएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीसहित मन्त्रीमण्डल विस्तार हुने भएको हो । नवनियुक्त मन्त्रीहरूले आजै दिउँसो ११ बजे शपथ लिने तयारी समेत भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । नेकपा

अर्थमन्त्री डा महत र एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

९ जेठ, काठमाडाैँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेटवार्ता गरेको छ । भेटका क्रममा एमसिसीले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समितिअन्तर्गत अघि बढाइरहेका परियोजना कार्यान्वयनको समग्र स्थितिबारे छलफल भएको अर्थमन्त्री महतको सचिवालयले

अल्बानीजसँग वार्ता गर्न सिड्नी आइपुगे भारतीय प्रधानमन्त्री मोदी

९ जेठ, सिड्नी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्यु गिनीको भ्रमण सकेर सिड्नी आएका छन्। सिड्नी आइपुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतका लागि अस्ट्रेलियाली उच्चायुक्त ब्यारी ओफरेल र अन्य अधिकारीहरूले स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानीजसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्। उनीहरूको द्विपक्षीय भेटमा बृहत् आर्थिक

द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धनमा छलफल

९ जेष्ठ ,काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता र सीमानाका खुलाउने विषयलगायत विविध विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री रिजालले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि

सिडेनको इतिहासमै महासचिवमा पहिलो पटक महिला उम्मेदवार

८ जेष्ठ ,काठमाडौँ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को महासचिवमा मेली शाहले उम्मेदवारी दर्ता गराएकी छिन् । यही जेठ १३ हुन लागेको सिडेनको सातौं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा शाहले महासचिवमा दाबेदारी प्रस्तुत गरेकी हुन् । सिडेनको इतिहासमा महिला इञ्जिनियरले महासचिवमा उम्मेदवारी दिएको यो पहिलोपटक हो । पेशाले आर्किटेक्ट इञ्जिनियर

मन्त्रालयलाई पत्तै नदिई नियम विपरीत निजीलाई परीक्षा अनुमति

८ जेष्ठ ,भक्तपुर । सवारी चालक अनुमतिपत्रको परीक्षा, वितरण, नवीकरणलगायतका कार्य गर्दै आएको यातायात व्यवस्था कार्यालय भक्तपुरले प्रदेश मन्त्रालयलाई पत्तै नदिई निजी क्षेत्रलाई परीक्षाको अनुमति दिएको छ । कार्यालयले आजदेखि लागू हुने गरी मध्यपुरथिमि राधेराधेस्थित बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल प्रालीलाई सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको अनुमति दिएर परीक्षा सञ्चालन

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी

८ जेष्ठ ,काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको प्रतिनिधिसभामा छलफल जारी छ । आइतबारदेखि सुरु भएको उक्त छलफलमा आज पनि सांसदहरूले आफ्ना धारणा राखेका थिए । आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको

सम्वन्धित समाचारहरु