Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

राजनिति


कांग्रेसबाट राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवार युवराज शर्मा

काठमाडौं । कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । ७३ वर्षीय शर्मा २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । संघीय संसद सचिवालयको विवरण अनुसार शर्मा २०२७ सालदेखि राजनीतिमा छन् ।

माओवादीबाट राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। राष्ट्रियसभा अध्यक्षको निर्वाचन यहि  २९ गते हुँदैछ ।

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्न कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । २९ फागुनका लागि तय भएको राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

कृष्ण सिटौलाकाे प्रचण्डलाइ चेतावनी-‘धैर्य गर्नुस, धोकाधडीको खेलबाट पार पाउनुहुन्न !’

काठमाडौं । कांग्रेसका नेता कृष्ण सिटौलाले आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष रोष प्रकट गरेका छन् । प्रधानमन्त्रीले धोकाधडीको राजनीति सुरु गरेको भन्दै उनले यो यहीं नटुंगिने चेतावनी समेत दिएका छन् । पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको

राष्ट्रियसभाको अध्यक्ष बन्न माओवादीबाट झक्कु र नारायण दाहाल तीव्र लबिङमा

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएसँगै माओवादी केन्द्रभित्रका आकांक्षीमध्ये नेताहरू झक्कुप्रसाद सुवेदी र नारायणप्रसाद दाहालले आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन् । उम्मेदवार चयन गर्नका लागि माओवादी केन्द्रले आइतबार साँझ ५ बजे पदाधिकारी बैठक बोलाएको छ ।

प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्रीः रवि तेस्राे बरियतामा, अरू काे कहाँ?

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा चार जना उपप्रधानमन्त्री भएका छन् । नयाँ बनेको समीकरणअनुसार प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा चार पार्टीबाट चार जना उपप्रधानमन्त्री बनेका हुन् । एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री हुँदा, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका हुन् । जसअनुसार महासेठलाई भौतिक

राप्रपा कार्यालयमा नेताहरुकाे कुटाकुट !

काठमाडौँ । राप्रपा कार्यालयमा कुटाकुट भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेताहरु बैठकबाट बहिरिदै गर्दा कुटाकुट भएको छ । कुटाकुट भएको राप्रपा महामन्त्री समेत रहेका नेता शरदराज पाठकले पुष्टि गरे । राप्रपाको केन्द्रीय कार्यासम्पादन समितिको बैठक बसेको समयमा भएकाे कुटाकुटकाे कारण भने पत्ता लागिसकेको छैन । कुटाकुटपछि अध्यक्ष लगायतका नेताहरुबिच

अन्तिम समयमा राेकियाे मन्त्री चौधरीका अमेरिका भ्रमण ! यस्ताे छ कारण

काठमाडौं । अन्तिम समयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले यूएन वुमनको कार्यक्र रद्द भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने तय भएकाे थियाे।

सरकारमा जाँदै जसपाः उपेन्द्र उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री,दीपक स्वास्थ्य राज्यमन्त्री !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदै छ । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन् । जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपराह्न ५ बजे बस्ने गरी पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाएका हुन् । पदाधिकारी बैठकले आगामी मंगलबार हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि उम्मेदवारको चयन गर्ने बताइएको छ । माओवादीबाट राष्ट्रियसभा अध्यक्षका लागि उर्मिला अर्याल,

सम्वन्धित समाचारहरु