बाजुरा। नेपाली कांग्रेसका सह महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य बद्रीप्रसाद पाण्डेले अर्थतन्त्र विकासमुखी नभएको बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कोल्टीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहमहामन्त्री पाण्डेले पुँजीगत खर्चभन्दा अन्य खर्च बढी भएकाले विकासमुखी बजेट बन्न नसकेको जिकिर गरेका हुन् । उक्त भेटघाट कार्यक्रममा नेता पाण्डेले
काठमाडौं। मन्त्री उपस्थित हुन नसकेपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । मंगलवार सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न बोलाइएको बैठक सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा अनुपस्थित भएसँगै स्थगित गरिएको हो । उक्त बैठकमा विधेयक सम्बन्धमा छलफल गर्न संसद नियमावलीमा सम्बन्धित मन्त्रीको
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेका सांसदहरु भारत भ्रमणमा जाने भएका छन् । भारतको निमन्त्रणमा समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरु आज त्यसतर्फ जान लागेका हुन् । त्यस्तै, एक हप्ताको भ्रमणमा उनीहरुले भारतीय विदेशमन्त्री एस.जयशंकरदेखि पर्यटन मन्त्री जी.किशन रेडीसँग भेटघाट गर्नुका साथै लोक सभाका अध्यक्ष ओम विरला
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गरेका छन् । शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै उनले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने र यसबाट नै विद्यमान विसङ्गतिहरूको अन्त्य हुने बताएका हुन् । “लोकतन्त्रको
काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल—भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल शुरु भइसकेको बताएका छन् । सोमवार भारतको ७५औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षीनरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताएका छन्
काठमाडौं। कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशको एमालेले विरोध गरेको छ । केही प्रदेश ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिन एमालेले माग गरेको हो । एमाले कोशी प्रदेश संसदीय दलले आज पत्रकार सम्मेलन गर्दै गठबन्धन दलका नेताहरूलाई खुसी पार्न ल्याएको अध्यादेश फिर्ता नलिए सांसदबाटै निष्क्रिय पार्नेसम्मको चेतावनी दिएको हो ।
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) दोस्रो केन्द्रीय परिषद् बैठकबाट पारित गर्ने निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ । आइतबारदेखि सुरु भएको परिषद् बैठक आज सम्पन्न हुँदै छ । ‘अपराह्न साढे ४ बजे प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा पत्रकार सम्मेलन राखिएकाले उपस्थितिका निम्ति हार्दिक अनुरोध गर्दछौं’, नेकपा एकीकृत समाजवादी प्रचार विभागले भनेको
वीरगञ्ज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र व्यवस्थाबारे बुझाउन स्थानीय तहका जनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । जनतालाई गणतन्त्रको मर्म बुझाउनु नसकिएको भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन् । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, “संविधानमा
काठमाडौं। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनले कोशी प्रदेशमा आयोजना गरेको चियापान कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन् । ११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने क्रममा थपलियाले मौन अवधिमा गरिएको चियापानप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । त्यस्तै,
काठमाडौं। काठमाडौं महानगपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई ७ दिन भित्र सफाइ पेश गर्न भनेको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी उच्च माविमा कक्षा ११ मा विज्ञान विषयको कक्षा विना निर्णय थप गरेको भन्दै ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको