Trending
>>   एयर इण्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७४ पुग्यो >>   बंगलादेशसँग बिजुली विक्री शुरू : ४० मेगावाट विद्युत व्यवसायीक रूपमा पहिलो पटक निर्यात >>   आज मिति २०८२ साल असार ०१ गते आइतबार ,हेर्नूहोस् आजको राशिफल >>   प्रधानमन्त्री र मन्त्रीहरु आफ्नो निर्वाचन क्षेत्रको मात्रै भएः उपेन्द्र यादव >>   सदन अवरुद्ध गर्नु भनेको निजामति, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु होः अध्यक्ष दाहाल >>   नेपालमा उद्योग खोल्न नदिन छिमेकीले अनेक प्रपञ्च गरिरहेको छः महासचिव भुसाल >>   निर्वाचन पद्धति र शासन प्रणालीबारे बढी बहस हुन जरुरी छः सभामुख घिमिरे >>   न्यायाधीश सिफारिस समावेशी हुन नसकेको भन्दै सांसदहरुको आपत्ति, न्याय परिषद्लाई संसदीय समितिमा बोलाउन माग >>   सर्वोच्च अदालतका तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाई शुरु >>   विद्यालय शिक्षा संविधानतः स्थानीय सरकारको क्षेत्राधिकारभित्र जान्छः मन्त्री पन्त
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

राजनिति


फ्रान्सेली सिनेटद्वारा पेन्सन सुधार विधेयक पारित

२८ फागुन, एजेन्सी । राष्ट्रव्यापी विरोधका बाबजुद फ्रान्सेली सिनेटले पेन्सन सुधार विधेयक पारित गरेको छ । देशको माथिल्लो सदनले शनिबार राति उक्त विधेयक पारित गरेको हो । जनतामाझ अलोकप्रिय उक्त विधेयकको पक्षमा एक सय ९५ मत परेको थियो । विधेयकको विपक्षमा एक सय १२ जनाले मतदान गरेका थिए । अब उक्त

तीन विद्यार्थी सङ्गठनको उपत्यका ठूला क्याम्पसमा भागबन्डा

२८ फागुन, काठमाडाैँ । तीन विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालमेल गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चासिंह र अनेरास्ववियुका

‘अमेरिकी साम्राज्यवाद पतन भयो’

२८ फागुन, एजेन्सी। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादको पतन भएको बताएका छन् । अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उनले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताएका हुन् । “अमेरिकी साम्राज्यवाद पतन उन्मुख छ, अब ल्याटिन अमेरिका र क्यारेबियनका जनताको भलाइको लागि प्रस्ताव गर्न केही छैन, सबै

लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता

२८ फागुन, काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ । शनिबार साझ तीन दलबीच विभिन्न ‘एजेन्डा’मा सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले राससलाई जानकारी दिइन् । उनका अनुसार मधेश र थारुहट आन्दोलनका मुद्दाको सम्बोधन,

नवनिर्वाचित राष्ट्रपति पौडेलले भोली १ बजे शपथ लिने

२८ फागन, काठमाडाैँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु

उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

२८ फागुन, काठमाडाैँ । आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १२ बजेदेखि १

स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल

२८ फागुन, काठमाडाैँ । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्तिकारी० र अनेरास्ववियूबीच तालमेल गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु ९क्रान्तिकारी०का

नेविसङ्घ काठमाडौँको अध्यक्षमा डङ्गोल

 २८ फागुन ,काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डङ्गोललाई जिम्मेवारी प्रदान गरेका हुन । डङ्गोल काठमाडौँ महानगरपालिका–२६ सामाखुशीका स्थायी बासिन्दा हुन्‌ ।

अनुदानलाई उपलब्धिमूलक बनाउन समूहमा लगानी गरिनेछ : मुख्यमन्त्री जम्कट्टेल

 २७ फागुन , हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा गरेको लगानी उपलब्धिमूलक बनाउन समूहमा लगानी गर्ने बताएका छन्‌ । आज यहाँ नेपाल राष्ट्रिय कर्मचारी स¬ङ्गठन निजामती, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, कर्मचारी सङ्गठन महासङ्घ र प्रगतिशील स्वास्थ्यकर्मी महासङ्घको संयुक्त भेलाको उद्घाटन गर्दै उनले विगतमा गरिएको

विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सचेत होऔँ : उपाध्यक्ष सापकोटा

 २७ फागुन,जनकपुरधाम। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सबै सचेत बन्नुपर्ने बताएका छन्‌ । शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले देशमा प्राप्त राजनीतिक उपलब्धिहरूलाई उल्ट्याउन विभिन्न प्रयासहरू जारी रहेकाले त्यसका विरुद्ध जनमत बनाइराख्न सबै सचेत नेपालीले भूमिका निर्वाह गर्नुपर्ने धारणा

सम्वन्धित समाचारहरु