२७ श्रावण, काभ्रे । काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटमा एक व्यक्तिलाई हातखुट्टा बाँधेर विष खुवाइएको छ । गए राती करिब साढे १२ बजेको समयमा स्थानीय अन्दाजी ५५ वर्षीय श्रीराम ढकाललाई रबरको ट्युबले हातखुट्टा बाँधी विष खुवाइएको अवस्थामा फेला पारिएको हो । मण्डनदेउपुर नगरपालिका–६ का वडा अध्यक्ष सोमप्रसाद ढकालले श्रीरामकी श्रीमती सिन्धुपाल्चोक बाहुने
२७ श्रावण, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले उत्पादन गरेको अङ्गुर स्थानीय तहले नै खरिद गर्ने भएको छ । त्रिपुराकोट, गल्ली, रल्ली, खदाङ, फोइलगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा उत्पादन गरिएको सबै अङ्गुर त्रिपुरासुन्दरी नगरपालिकाले नै खरिद गर्ने निर्णय गरेको नगरप्रमुख जनचन्द्र रोकायले जानकारी दिए । बजारको अभावमा प्रत्येक वर्ष किसानले
२७ श्रावण, रूपन्देही । गत आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार तीे उद्योगले लगत कट्टा गरेका हुन् । लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३ र
२७ श्रावण, सिरहा । सिरहाबाट स्रोत नखुलेको करिब रु नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट
२७ श्रावण, बागलुङ । बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार (भदौ ५ गते) हरेलो मेला गर्न लागिएको हो । वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलागोस्, बाली नमासियोस्, पाकेको बाली सहजै भित्र्याउन सकियोस् र
२७ ,श्रावण ,काठमाडौँ । गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले भजनी नगरपालिका-८ का किसान रमेश चौधरीको दुई बिघा जमिन कटानमा परेको छ । बाढीले गाँज हाल्दै गरेको धानबाली बाढीले नष्ट गरिदिएको भन्दै उहाँले चिन्ता व्यक्त गरे । “बाढीले घरमा भएका अन्नपात पनि भिजायो, खेतको धानबाली पनि नष्ट गर्यो”, उनले
२७ ,श्रावण ,गण्डकी । कास्कीमा क्रियाशील ज्येष्ठ नागरिक सम्बद्ध सङ्घसंस्थाले ऐन, कानुनमा भएका प्रावधान कार्यान्वयन गराउन माग गर्दै सरकारी निकायमा संयुक्त ज्ञापनपत्र पेश गरेका छन् । ज्ञापनपत्र गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, पोखरा महानगरपालिका र कास्कीका प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गरिएको ज्येष्ठ नागरिक सङ्घ, पोखरा महानगर समितिका
२७ ,श्रावण ,तनहुँ । गत आर्थिक वर्ष २०७९/८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । गत आवमा कूल दुई हजार आठ सय चौरासी वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार छ सय २८ पास भएको कार्यालयले जनाएको छ । गत आवमा जग्गा
२७ ,श्रावण ,भोजपुर । पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो
२७ ,श्रावण ,म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी