Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

प्रदेश समाचार


कारागारमा योग शिविर

काठमाडौं। आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ । उक्त मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको हो ।

तनहुँमा लम्पी स्किनबाट पीडित किसानलाई राहत हस्तान्तरण

दमौली,तनहुँ। म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु रु दश हजारका दरले राहत वितरण गरिएको हो । त्यस्तै, व्यवसाय पुनःस्थापन सहयोग कार्यक्रमअन्तर्गत ३१ जना किसानलाई ३५ पशुको प्रति

जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेर मात्र पक्की घर तथा भवन बनाउन पाइने

जुम्ला। जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेर मात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ । गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रूपमा नक्सा पास गरेको प्रमुख प्रशासकीय अधिकृत भिमा कँडेलले जानकारी दिएका छन् । यसअघि पालिकामा घर नक्सा पास सम्बन्धित कार्यविधि बनेको थिएन

रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु

काठमाडौं। रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले एक नेपाली मारिएको पुष्टि भएको र त्यसबारे विस्तृत सोधखोज भइरहेको बताएका छन् । रुस र युक्रेकबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला एक नेपाली मारिएकै घटना सार्वजनिक भएको हो

कांग्रेसले बनाएको अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं। नेपाली कांग्रेसले रुकुम (पश्चिम) को सानो भेरी गाउँपालिका-४ पुरानो गाउँमा गौनी विकको घरबाट सुरुआत गरेको ३ स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ । ‘जाजरकोट भूकम्प’ बाट प्रभावित बस्तीहरूमा एक हजार अस्थायी आवास ‘घर-टहरा’ निर्माण गर्ने अभियान अन्तर्गत काँग्रेसले रुकुम पश्चिम र जाजरकोटका विभिन्न बस्तीमा निर्माणको

आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईँलाई काठमाडौं पस्न रोक

काठमाडौं। गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँ आज आफ्नो समूहको आन्दोलनमा आउँदै गर्दा प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो । प्रसाईँ आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको बताइएको

कोशीमा एमाले र राप्रपाका सांसदद्वारा बजेट प्रतिस्थापन विधेयकको विरोध

काठमाडौं। मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा कार्यक्रम तथा बजेट कटौती भएपछि नेकपा एमाले र राप्रपाले संयुक्त रूपमा विरोध जनाएको छ । प्रदेश सभाको आजको बैठकको कारबाही सुरु हुना साथ दुई दलका सांसदहरूले उठेर विरोध जनाएका छन् । उक्त सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा

अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात

झापा।  कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले

लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौं। काठमाडौं चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर विकलाई पक्राउ गरिएको हो । त्यस्तै, भद्रपुरबाट काठमाडौं आइरहेको बसलाई प्रहरी

वेश्यावृत्तिमा लगाउने स्पा सेन्टर सञ्चालक पक्राउ

काठमाडौं। रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको हो । साथै सेन्टरबाट दुई नाबालिका र एक युवतीलाई प्रहरीले उद्दार गरेको छ

सम्वन्धित समाचारहरु