११ असार, सुर्खेत । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुव्र्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ । आज मुलुकभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली र कञ्चनपुर ब्राउन सुगरको अवैध कारोबार र दुव्र्यसनकर्ताको अखडा बन्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । चालु आर्थिक
११ असार, ताप्लेजुङ । ताप्लेजुङको फक्तालुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकाको जोड्ने याफ्रे खोलामा श्रमदानमार्फत काठे मोटरेबल पुल निर्माण गरिएको छ । बाढीबहिरोका कारण खोलामा पानी तह बढेकाले गाडी तर्न नसक्ने भएपछि फक्ताङ्लुङ गाउँपालिकाको सक्रियतामा श्रमदानमा काठेपुल निर्माण गरिएको हो । तमोर कोरिडोरअन्तर्गतको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम र फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको सिमाना भई
११ असार, ओखलढुङ्गा । ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका एक एक वृद्ध मृत फेला परेका छन् । घरायसी फलामका हातहतियार हसिँया, कचिया बेच्न हिँडेका चिशङ्खुगढी गाउँपालिका–३ दियालेका ६५ वर्षीय गोठे कामी मृत फेला परेका हुन् । आइतबार बिहान हसिँया, कचिया बेच्न भनि घरबाट निस्किएका उनी दुई दिनसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने
११ असार, बागलुङ । बागलुङका सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले रू पाँच अर्ब ९६ करोड ७७ लाख १७ हजार छ सयको बजेट ल्याएका हुन् । आर्थिक वर्ष २०८०-८१ को लागि सङ्घीय सरकार, प्रदेश सरकारको अनुदान र आन्तरिक आयका आधारमा
११ असार, मनाङ । हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण नगराइ सुत्केरी हुने प्रचलनलाई निरुत्साहित गर्न गाउँपालिकाले यो नीति लिएको हो । पालिका अध्यक्ष धनबहादुर गुरुङले आगामी आर्थिक
११ असार, झापा । सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीमा बेरेका र सोही क्रममा उनलाई
११ असार, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले दुई हजार पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइदिएको छ । नगरभित्रका विभिन्न वडामा लम्पी स्किनबाट सङ्क्रमित पशुको सङ्ख्या बढ्दै गएपछि नगरपालिकाले खोप खरिद गरी निःशुल्क लगाइदिएको हो । पशुमा सङ्क्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण गर्न पालिका आँफैले खोप खरिद गरेर सम्भावित जोखिमका क्षेत्रमा
११ असार, दार्चुला । दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ । उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको हो । आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ४८ वर्षीय भट्टलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा सम्भव नभएपछि उनलाई आज थप उपचारका लागि
११ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ । पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो । महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका
११ असार, बुटवल । आर्थिक वर्ष २०८०/०८१ का लागि रुपन्देहीका प्राय सबै पालिकाले आइतबार बजेट सार्वजनिक गरेका छन् । बजेट सार्वजनिक गरेका पालिकामध्ये अधिकांशले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन् । भौगोलिकरुपले जिल्लामा सबैभन्दा ठूलो तिलोत्तमा नगरपालिकाले आइतबार आगामी आवको लागि दुई अर्ब ७३