२० असार ,बागमती । बागमती प्रदेश सरकारले प्रदेश पर्यटन विकास आयोजनाको म्याद थपेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले आज सो आयोजनाको म्याद थप्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट पर्यटन विकास आयोजना हेटौँडा र पर्यटन विकास आयोजना एकाइ कार्यालय काठमाडौँलाई २०८० साउनदेखि २०८२ असार मसान्तसम्मका लागि म्याद थप गर्ने निर्णय भएको
२० असार, काठमाडाैँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकले नदी किनारका ससुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा वाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले छ महिनाभित्र काठमाडौँ उपत्यकाभित्रका वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरालगायत नदी किनारका सुकुम्वासी बस्ती हटाउन सरकारलाई
२० असार, काठमाडाैँ । काठमाडौँका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक
२० असार, रूपन्देही । अदालतमा मुद्दा परेपछि तिलोेत्तमा नगरपालिकाको मङ्गलापुर–कान्छीबजार सडकखण्ड स्तरोन्नति सुस्त बनेको छ । नगरपालिकाले नमुना सडकखण्ड विस्तार तथा स्तरोन्नति अघि बढाएपछि घरधनी भने सडक विस्तारमा राजी नहुँदा मुद्दा अदालतमा पुगेको हो । सडक स्तरोन्नतिका लागि स्थानीयका संरचना हटाउने क्रममा वडा नं ७ का तीन घरधनीले जिल्ला अदालतमा मुद्दा
२० असार, म्याग्दी । बचतकर्ताको उजुरीपछि प्रहरीले यहाँ सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्धको अघि बढाएको छ । बेनीस्थित न्यूरोडमा आफ्नै भवनमार्फत सेवा केन्द्र विस्तार गरी बचत सङ्कलन र लगानी दिँदै आएको सहकारी विगत पाँच महिनादेखि बन्द छ । सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनायता सम्पर्कविहीन भएपछि बचतकर्ताको प्रहरीमा उजुरी दिएका थिए ।
२० असार, पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिकाले गाउँमा बसेर काम गर्ने जनशक्ति अभाव हुन थालेपछि नयाँ कार्यक्रम ल्याएको छ । गाउँपालिका–१ को कार्यालयले दुईभन्दा बढी सन्तान जन्माउने अभिभावकलाई रू पाँच हजार भत्ता दिने कार्यक्रम ल्याएको हो । आगामी आर्थिक वर्ष २०८०/८१ देखि लागू हुने गरी वडामा दुई सन्तानभन्दा बढी सन्तान जन्माउने
२० असार, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले नगर प्रहरीको माग गरेको छ । बुधबार महानगरपालिकाले सुचना प्रकाशन गरेर सैन्य पदको वैकल्पिक सूचीमा रहेकाहरुलाई नगर प्रहरीमा लिने जनाएको छ । महानगरले यस पटक ६५ जना नगर प्रहरी भर्ना गर्ने बताएको छ । ‘सैन्य पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका
२० असार, काठमाडाैँ । गृह मन्त्रालयले सहसचिव एवम् मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख समेत रहेका बस्नेतलाई काठमाडौँको सिडिओमा सरुवा गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय
२० असार, मोरङ । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ । मङ्गलबार दिउँसो इटहरीको मुख्य चोकमै ना १ क ९१०७ नम्बरको टिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उक्त स्कुटरमा सवार ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अंशु चौधरी घाइते भएका थिए । उपचारका क्रममा सरिताको
२० असार, ललितपुर । ललितपुर महानगरका– ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन् । ललितपुर महानगरभित्रका सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण सम्पन्न समेत भएको छ । भौगोलिक सूचना प्रणाली (जिआई एस) अधिकृत उत्तम काकीले महानगरपालिकाका २९ वटै वडाका ६० हजार नौ सय