२७ ,श्रावण ,म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी
२६ ,श्रावण ,काठमाडौँ । अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरुको प्रगती समीक्षा बैठक सम्पन्न भयाे । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा अमेरिकाले निरन्तरता दिइरहेको द्विपक्षीय सहयोगको प्रशंसा गर्दै वर्षौंदेखिको
२६ ,श्रावण ,मोरङ । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त भएकि छिन् । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री लिम्बुले आजै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनीयताको शपथ लिएकि छिन् । मुख्यमन्त्री थापाले यही
२६ ,श्रावण ,कास्की । पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकमा रहेका सबै सालिक स्थानान्तरण गर्ने भएको छ । सालिकका कारण ट्राफिक व्यवस्थापनमा समस्या बढ्दै गएको भन्दै सालिक स्थानान्तरण गर्न लागिएको हो । पोखरा बजार क्षेत्रमा राष्ट्रिय विभूतिलगायत सबैका सालिक एक महिनाभित्रमा पोखरा–१८ जामुनबोटस्थित विभूति पार्कमा राख्ने महानगरको योजना छ ।
२६ ,श्रावण ,कमलामाई (सिन्धुली) । सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो । कमलामाई नगगरपालिका–६ लक्ष्मण चोक नजिकै रहेको प्रयास होटल प्रालिले र रु दुई करोडको लगानीमा व्यावसायिक
२६ श्रावण, भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ । भ्रमणका लागि आएको विदेशी पर्यटकले
२६ श्रावण, कर्णाली । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित उमगाडमा दुई दिनदेखि बन्द भएको जुम्ला–नाग्म सडक आज दिउँसो ३ बजे खुलेको छ । आन्दोलनरत पक्ष र सरोकारवालाबीच सहमति भएपछि राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । बेपत्ता ट्र्याक्टर चालक धन गिरीले न्याय नपाएको
२६ श्रावण, भोजपुर । भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज शिलान्यास गर्नुभएको हो । जिल्लाको एकमात्र विमानस्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको विमानस्थलले जनाएको छ । टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित रु पाँच करोड
२६ श्रावण, सङ्खुवासभा। सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । कैदी मादी –५ का तोलाङ्गी र
२६ श्रावण, काठमाडाैँ । काठमाडाैँमा ठूलो परिमाणमा नक्कली नोट सहित ९ जना पक्राउ परेका छन् । ५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर