Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

पोखराका चोकमा रहेका सालिक पार्कमा स्थानान्तरण गरिँदै


२६ ,श्रावण ,कास्की । पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकमा रहेका सबै सालिक स्थानान्तरण गर्ने भएको छ । सालिकका कारण ट्राफिक व्यवस्थापनमा समस्या बढ्दै गएको भन्दै सालिक स्थानान्तरण गर्न लागिएको हो ।

पोखरा बजार क्षेत्रमा राष्ट्रिय विभूतिलगायत सबैका सालिक एक महिनाभित्रमा पोखरा–१८ जामुनबोटस्थित विभूति पार्कमा राख्ने महानगरको योजना छ । पोखरा महानगर प्रमुख धनराज आचार्यको अध्यक्षतामा आज महानगर कार्यालयमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले चोक तथा सडकमा रहेका सालिक हटाउने निर्णय गरेको हो ।

महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकारवाला सङ्घसंस्थासँग आवश्यक समन्वय गरी एक महिनाभित्र स्थानान्तरण तथा व्यवस्थापन गरिने प्रमुख आचार्यले बताए ।

महानगरले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलगायत अन्य कुरालाई ध्यान दिँदै सडकका बीचमा सालिक राख्न सक्ने अवस्था नभएको उनको भनाइ छ । उनले भने, “पोखरा महानगरभित्रका सबै सालिकको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकारवाला सङ्घसंस्थासँग आवश्यक समन्वय गरी स्थानान्तरण व्यवस्थापन गर्ने निर्णय गरेका छौँ । एक महिनाभित्र सडकमा रहेका सबै सालिकको व्यवस्थापन गरिसक्छौँ ।”

बैठकले साविकको पृथ्वीचोक हालको लखनचोकमा नेपालमा प्रथम सहिद लखन थापाको सालिक अगाडि राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिरलाई हटाई पोखरा महानगरपालिकामा सुरक्षित साथ राख्ने निर्णय गरेको छ ।

पोखराका चोकमा रहेका सालिकहरूको ससम्मान व्यवस्थापन गर्ने सम्बन्धमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए । महानगरले निर्माण गरेको सहिद तथा विभूति पार्कमा बाजागाजासहित सम्मानपूर्वक सबै सालिकको व्यवस्थापनका लागि सबै सरोकारवालाहरू सहमत भएको महानगरको भनाइ छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राष्ट्रिय विभूतिहरूको सालिक सडकमा राख्नुभन्दा पनि व्यवस्थित ढङ्गले महानगरले व्यवस्था गरेको स्थानमा राख्नु नै उपयुक्त हुने बताए । विवादको शान्तिपूर्ण समाधानमा जोड दिनुभएका घिमिरेले दीर्घकालीन रूपमा सडकमा सालिक रहन्नन् भन्ने कुराको जानकारी हुँदाहुदै पनि क्षणिकरूपमा सडकमा राख्ने विषयको वकालत गर्नु उपयुक्त नहुने बताए ।

राष्ट्रले मानेका व्यक्तिहरूको सम्मान गर्नु नागरिकको दायित्व हुने भएकाले ती सम्मानित व्यक्तिहरूको सालिक व्यवस्थापनको विषयलाई स्वार्थसँग जोड्न नहुने बताए । बैठकमा सहभागी दलका प्रमुख तथा प्रतिनिधिहरूले सडकमा रहेका सालिकको उचित व्यवस्थापनमा सबैको सहमति जनाएका छन् ।

सडकको बीचमा सालिक राख्दैमा उनीहरूको योगदानको सम्मान नहुने भन्दै एकीकृत रूपमा सबै सम्मानित व्यक्तिहरूको प्रतिमा व्यवस्थापनमा दलहरूले जोड दिए । सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिहरूले सालिकको विषय साझा अपनत्वको रूपमा सम्मानजनक व्यवस्थापन हुनु आवश्यक रहेको बताए ।

सामाजिक रूपमा कायम सद्भावलाई खलल पु¥याउने काम कोही कसैबाट हुन नहुने भन्दै उनीहरूले एक महिनाभित्र सबै सालिकहरूको व्यवस्थापन विभूति पार्कमा गर्ने विषयमा सहमति जनाएका छन् ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?