Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

प्रदेश समाचार


पशुपति वनकालीमा पार्थिव शिवलिङ्ग पूजाआजा हुने

११ जेठ, काठमाडाैँ । मानश तथा बोलबम परिवार, जनकपुरधामको आयोजनामा आज पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुनेभएको छ । स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको सो बोलबम परिवार नामक संस्थाले जनकपुरबाट ल्याएको माटोले पशुपतिनाथ परिसरमा शिवलिङ्ग बनाई पाठ, पूजा, हवन गर्न लागेको हो । सो संस्थाका

स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

११ जेठ, रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका छन् । तिलोत्तमा नगरपालिकाअन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित गर्नुपरेको बताएका छन् । नगरपालिका कार्यालयमै आज पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि

आज रातो मच्छेन्द्रनाथको भोटो जात्रा

११ जेठ, काठमाडाैँ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास

भेरी अस्पतालमा सेवा स्तरोन्नती

११ जेठ, बाँके । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ । अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुर्याइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ । बिरामीले ‘आइसोलेसन’सहितको सुविधा पाउने छन् । एक्सरे, प्रयोगशाला, शौचालयलगायत अन्य सुविधा

पाँचखाल बृहत् खानेपानीः पुसभित्र सात हजार घरमा पानी

११ जेष्ठ ,काभ्रे । सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका सात हजार घरमा खानेपानी पुर्याउने लक्ष्य लिइएको जनाइएको छ ।

किसानलाई बाख्रा र धानको बीउ

११ जेष्ठ ,भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताईन्

आजदेखि राससको संस्कृतिसम्बन्धी तस्बिर प्रदर्शनी

११ जेष्ठ ,काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा आजदेखि तस्बिर प्रदर्शनी गर्दैछ ।नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा सो प्रदर्शनीमा राखिने छन् । रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा सुरु हुने सो प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन

धौलागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

११ जेष्ठ ,गलकोट । बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो । धौलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको

क्याम्पसलाई १४ कठ्ठा जग्गा दान

११ जेष्ठ ,कलैया । बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले रु ५६ लाख बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन् । केही समयअघि क्याम्पसको आयोजनामा श्रीमद् भागवत तथा गढीमाई महोत्सवका अवसरमा विभिन्न व्यक्तिले क्याम्पसलाई जग्गा दान गर्न प्रतिबद्धता जनाएका थिए । सोही अनुसार उनीहरुले क्याम्पसलाई जग्गा दान गरेका हुन् ।

भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता छैन : नेपाल प्रहरी

१० जेष्ठ ,काठमाडौँ । नेपाल प्रहरीले भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले आज एक विज्ञप्ति जारी गरी नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कुनै संलग्नता नरहेको बताएका हुन् । “कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान

सम्वन्धित समाचारहरु