काठमाडौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारको छाता संस्था ‘इन्टरनेसनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)’ले अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । महिला निर्देशकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यही मंसिर ९ गते महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागिएको महोत्सवका निर्देशक सङ्गीता श्रेष्ठले जानकारी
काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले नेपाल सरकारले जलवायु अनुकूल हुने योजनाहरू मात्र स्वीकार गर्ने बताएका छन् । राष्ट्रिय जलवायु सम्मेलनमा उनले नेपाल जलवायु परिवर्तनको कारण नभएर पनि धेरै चुनौतीको सामना गर्नुपरेको भन्दै यो विषयलाइ उठाउनु पर्ने समेत बताए । उनले भने, ‘अबका विकासका कामहरूमा जलवायु अनुकूल हुने त्यस्तो योजनाहरू ल्याउने हो
तनहुँ। तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेङ्गु अझै नियन्त्रणमा आउन सकेको छैन । डेङ्गुका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ । दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५ डेङ्गु सङ्क्रमित
काठमाडौं। नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बुधबारका लागि बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । उक्त पार्टीले यही मङ्सिर १४ गतेदेखि एमालेले सामाजिक सद्भाव र राष्ट्रिय
काठमाडौं। माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । उनले रिटनिवेदनमा स्थानीय प्रशासनको निर्णय
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको दुबईमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा नेपालले पर्वतीय राष्ट्रहरूको समस्याबारे विश्वको ध्यानाकर्षण गराउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन समापन समारोहमा उनले विश्वका प्रमुख कार्बन उत्सर्जनकर्तालाई तत्काल उत्सर्जन घटाउन, विकसित राष्ट्रहरूलाई जलवायु वित्त उपलब्ध गराउन, वित्त अनुदानमा
काठमाडौं। द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छन् । समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभामा पहिलोपटक गोलाप्रथाद्वारा छ वर्षे कार्यकाल निर्धारण भएको समूह बिदा हुँदै छ । त्यसैगरी परिपक्व व्यक्तिको प्रतिनिधित्व
दमौली। देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवर्धनका लागि आयोजना गरिने गण्डकी परिक्रमा महोत्सव सफल बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामलाई धार्मिक र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न आयोजित गण्डकी परिक्रमा महोत्सव सफल बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् । उक्त महोत्सव तयारीका लागि तनहुँको देवघाट गाउँपालिका–५
काठमाडौं। फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । आज बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । उक्त टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश
काठमाडौं। प्रहरीले झण्डै दुई किलो अवैध लागु औषध कोकिनसहित एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । त्यस्तै, १ किलो ९७३ ग्राम कोकिनसहित दोहाबाट आएकी भारतीय राहदानी बाहक ३२ वर्षकी किमरोसांगीलाई सोमबार राति पौने १२ बजे पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । उनलाई लागूऔषधसम्बन्धी मुद्दामा