७ असार, सुर्खेत । सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्रीसहित पाँच जना सवार सुपप्र ००१ झ ४८० नम्बरको गाडी दुर्घटनाको सत्यतथ्य पत्ता लागाउन छानबिन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव गङ्गाबहादुर खरेलको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो । समिति सदस्यमा
७ असार, चितवन । आर्थिक वर्ष २०७९/८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिङ्गे गैँडा र तीनवटा बाघसहित एक सय नौ वन्यजन्तुको मृत्यु भएको छ । निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) ७१ वन्यजन्तु मरेका हुन् । कुकुरको आक्रमणबाट २६, विद्युतीय करेन्ट लागेर
७ असार, ललितपुर । विसं २०११ मा स्थापना भएको ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै गएको छ। विसं २०७२ को भूकम्पले पाटन क्याम्पसका भवनमा क्षति पु¥याएपछि प्रयोग गर्न नमिल्ने गरी रातो स्टिकर टाँसिएको भए पनि आजसम्म तिनै भवनमा पठनपाठन भइरहेको छ। रातो स्टिकर हटाएर नयाँ भवन निर्माण भएका छैनन्।
७ असार, काठमाडाैँ । उच्च अदालत, पाटनको अन्तरिम आदेशका आधारमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा यही असार ८ गतेदेखि पुनः शैक्षिक मेला (एडुफेयर) हुने भएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित चारदिने मेलाको पहिलो दिन गत जेठ ३२ गते
७ असार, बागलुङ । सडकको ट्र्याक खुलेको २३ वर्षपछि सडक स्तरोन्नति भएर सिगानामा कालोपत्रको चरणमा पुगेपछि ट्र्याक्टर नउक्लने बाटोमा अहिले बस पुग्न थालेका छन् । विसं २०७५ मा बागलुङ नगरपालिका–८ सिगानामा सडक पुग्यो । उकालो र साँघुरो सडकमा नमिलेका घुम्तीका कारण यात्रुलाई गन्तव्यमा पुग्न सास्ती थियो । काठेखोलामा पुल नहुँदासम्म बर्खाका
७ असार, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगपालिका– ५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनःसञ्चालनमा आएको छ । कोइलालगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवादले कर्मचारीको आन्दोलनका कारण बन्द भएको सो सिमेन्ट उद्योग दुई महिनापछि बुधबार पुनःसञ्चालनमा आएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार
७ असार, धनुषा । धनुषाको ढल्केवरमा इनारभित्र एक पुरुषको शव भेटिएको छ । विहीबार बिहान ढल्केवरस्थित एभरेष्ट आयाल स्टोर्स नजिक रहेको इनारभित्र एक पुरुषको शव भेटिएको हो । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले इनारभित्र पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षका एक जना पुरुष व्यक्तिको शव भेटिएको बताए ।
७ असार, भोजपुर । साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा,
७ असार, लुम्बिनी । लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो। लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेको छ। प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार
७ असार, रूकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दश जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको भे १ च २७९६ नम्बरको जिप दुर्घटना भएको हो । जिल्ला