Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

हिसान शैक्षिक मेला पुनः सञ्चालन हुने


७ असार, काठमाडाैँ । उच्च अदालत, पाटनको अन्तरिम आदेशका आधारमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा यही असार ८ गतेदेखि पुनः शैक्षिक मेला (एडुफेयर) हुने भएको छ ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित चारदिने मेलाको पहिलो दिन गत जेठ ३२ गते काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको मौखिक आदेशमा नगर सुरक्षाकर्मीको अवरोध गरेपछि मेला स्थगन भई आयोजक अदालत पुगेका थिए ।

बुधबारको अन्तरिम आदेशसँगै अब मेला असार ८, ९ र १० गते पुनःसञ्चालन हुने आज मेलास्थल भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए । उनले महानरगको हस्तक्षेप गैरकानुनी भन्ने अदालतको व्याख्या आइससकेकाले निर्वाधारुपमा मेला सञ्चालन हुने जनाउँदै अवरोधका कारण भएको आर्थिक र मानसिक क्षतिपूर्तिका लागि अदालतको अन्तिम सुनुवाइ पर्खने उल्लेख गरे ।

विद्यार्थी र अभिभावकको विदेश जाने मोहका कारण ठूलो धनराशि विदेशिएको अवस्थामा नेपालकै उत्कृष्ठ शिक्षालयका बारेमा विस्तृत जानकारी दिन मेला उपयोगी हुने उनको भनाइ छ । एक प्रश्नको जवाफमा उनले मेलाको पहिलो दिन कुनै पनि कलेजले विद्यार्थीको भर्ना लिने वा शुल्क लिने काम नगरेको जिकिर गर्दै त्यस्तो पाइए सार्वजनिक गर्न माग गरे ।

महानरपालिकाले लिखित जानकारीबिना एकाएक मेला अवरोध गराइएकोे भन्दै निजी शिक्षा क्षेत्रका संस्थाले ध्यानाकर्षण गराएका थिए । मेलाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिइएको हिसानले जनाएको छ । मेलामा नेपालमै सञ्चालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी र परामर्श दिइने मेलाका संयोजक टङ्कराज आचार्यले जानकारी दिए ।

मेलामा विद्यालय तहका संस्था, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धमा सञ्चालित ७५ भन्दा बढी संस्थाको सहभागिता रहने र दुई लाखभन्दा बढीले अवलोकन गर्ने जनाइएको छ । मेलामा प्रवेश निःशुल्क गरिएको छ भने एक हजारभन्दा बढी विद्यार्थीका लागि पूर्ण र आंशिक छात्रवृत्तिको व्यवस्था गरिएको उनले बताए ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?