Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२४ कार्तिक २०८३, मंगलवार
२४ कार्तिक २०८३, मंगलवार

मेक्सिकोले अप्रिलबाट अमेरिकी उत्पादनहरूमा पारस्परिक कर लगाउने


एजेन्सी। संयुक्त राज्य अमेरिकाले सबै स्टील र आल्मुनियम आयातमा २५ प्रतिशतसम्म कर बढाएपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले मेक्सिकोले पनि अप्रिल २ सम्ममा पारस्परिक कर लगाउने कि नलाग्ने भन्ने निर्णय गर्ने बताएका छन् ।

मेक्सिकन अर्थमन्त्री मार्सेलो एब्रार्डले शुल्कलाई अनुचित भनेर वर्णन गरेका छन् । मेक्सिकोको संयुक्त राज्य अमेरिकामा स्टील निर्यात २०२२ देखि घट्दै गइरहेको थियो । अमेरिकी स्टीलको आयात बढेको थियो । मार्च ४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

मेक्सिकोको लगभग ८० प्रतिशत निर्यात संयुक्त राज्य अमेरिकामा जाँदै गर्दा विश्लेषकहरूले ट्रम्पको भन्सार शुल्क वृद्धिले दुवै अर्थतन्त्रका लागि महत्वपूर्ण चुनौतीहरू खडा गर्ने चेतावनी दिएका छन् ।


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?