Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सिरियाली सेनाका मिसाइल र हतियार जफत गरेको इजरायली सेनाको दाबी


एजेन्सी। इजरायली सेनाले सिरियामा गत हप्ता छापा मारेको र सिरियाली सेनासँग सम्बन्धित मिसाइल र हतियारहरू जफत गरेको बताएको छ ।

इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, इजरायली सेनाको कारबाही जारी छ र सिरियाका रणनीतिक बिन्दुहरूमा तैनाथ छन् । सेनाहरूले राइफल, गोला बारुद, मिसाइल र थप सैन्य उपकरणहरूसहित असंख्य हतियारहरू फेला पारेको छ । इजरायलले १९६७ को मध्य पूर्व युद्धमा गोलान हाइट्सका केही भागहरू कब्जा गरेको थियो । पछि १९८१ मा उक्त क्षेत्रलाई आफ्नो कब्जामा लियो । जुन कदमलाई धेरैजसो अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएनन् ।

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले आफ्नो समूह, हयात तहरीर अल–शाम र अन्य मिलिशियाको नेतृत्वमा डिसेम्बर ८, २०२४ मा बसर अल–असदलाई हटाउन लगाएदेखि इजरायलले १९७४ मा रणनीतिक गोलान हाइट्समा स्थापित संयुक्त राष्ट्र संघ–निगरानी बफर जोनमा सेना तैनाथ गरेको छ । त्यसपछि इजरायली सेनाले सिरियाली–नियन्त्रित गोलान हाइट्सका केही भागहरू र माउण्ट हर्मोनको चुचुरोसहित सिरियामा थप रणनीतिक बिन्दुहरू कब्जा गरेको छ ।


प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?