Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

नयाँ अर्थमन्त्री नियुक्त भएपछिको पहिलो कारोबार दिन शेयर बजार राताम्मे


१९ चैत्र, काठमाडाैँ । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ ।

आज दुई सय ६० कम्पनीको ३७ लाख ८७ हजार दुई सय ४१ कित्ता शेयर ३२ हजार चार सय १४ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २० करोड ७१ लाख २२ हजार छ सय बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५४ दशमलव ९९ र निजीवन बीमा समूहको उपसूचक ४७ दशमलव २४ अङ्कले घटेको छ । बैंकिङ समूह २३ दशमलव ८९, होटल तथा पर्यटन समूह १८ दशमलव ९१, जलविद्युत् समूह ४१ दशमलव ६८, लगानी समूह शून्य दशमलव ७४ र जीवन बीमा समूह ३६ दशमलव ७४ अङ्कले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ३५ दशमलव ७२, लघुवित्त समूह ३५ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०२ र अन्य समूह १० दशमलव ९७ अङ्कले घटेको छ ।

आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९६ प्रतिशतले बढेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६१ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको रू पाँच करोड पाँच लाख ६२ हजार बराबरको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेड प्रमोटर शेयर एक लाख ७४ हजार छ सय १० कित्ता किनबेच भएको छ ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?