Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सुडानको ह्वाइट नाइल राज्यमा हैजाबाट ९२ जनाको मृत्यु


एजेन्सी। गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तिमा ९२ जनाको मृत्यु भएको बताएको छ ।

फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा जम्मा २ हजार ७१८ जना बिरामी भर्ना भएका छन् । पानीबाट हुने रोग हैजाको लहर फेब्रुअरी १६ मा उम–दबाकिर पावर स्टेशनमा ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को प्रक्षेपणले लागेपछि ठूलो मात्रामा बिजुली आपूर्ति बन्द भएपछि उत्पन्न भएको थियो ।

गत मंगलवारसम्म सुडानी स्वास्थ्य मन्त्रालयले घोषणा गरेको जुलाई २०२४ देखि देशमा हैजाका घटनाहरूको संख्या ५७ हजार १३५ पुगेको छ । जसमा १ हजार ५०६ जनाको मृत्यु भएको छ । सुडानको ह्वाइट नाइल राज्यमा आरएसएफले आक्रमण गर्दै आएको छ । जसमध्ये सबैभन्दा उल्लेखनीय अल–गिटैना क्षेत्र वरपरका गाउँहरूमा गरिएको आक्रमण थियो । जसमा ४३३ नागरिकको मृत्यु भएको थियो । संयुक्त राष्ट्र संघले उद्धृत गरेको संकट अनुगमन समूह, सशस्त्र द्वन्द्व स्थान र घटना डेटाकाअनुसार अप्रिल २०२३ को मध्यदेखि सुडान सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वमा फसेको छ । जसले कम्तिमा २९ हजार ६८३ जनाको ज्यान लिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनको अनुमानअनुसार द्वन्द्वले सुडान भित्र र बाहिर दुवै ठाउँमा १ करोड ५० लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?