Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद होः सञ्चारमन्त्री


काठमाडौँ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गर्दै माओवादीको औचित्य अहिलेको विश्वमा समाप्त भएको बताएका छन् ।

मन्त्री गुरुङले राजतन्त्र माओवादीले रुकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर नआएको बताउदै उनले मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको बताएका छन् । उनले २०६५ साल जेठ १५ गते ६०१ जना सांसदमध्ये ५९६ जना प्रतिनिधिले भोट गरेर राजतन्त्र फालिएको बताए । शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्नेकुराको पुष्टि भएको जिकिर गर्दै उनले माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ ? भन्दै प्रश्न गरेका छन् । जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिष्ट पार्टी हुँदैन भन्ने माओवादी अहिले कम्युनिष्ट पार्टी हो की होइन ? भन्दै प्रश्न गरे । मओवादी केन्द्र नाम राखेको भएपनि माओवाद सही हो भनेर भन्न नसकेको बताए । नेपालमा माओवादीका नेताहरु उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री बनेपनि संसारका माओवादीहरु अहिले पनि मरिरहेको बताउदै क्रान्तिको नाममा माओवादीले गरेको हत्या, हिंसा, बर्बरता, क्रुरता आतंकवाद भएको बताएका छन् ।

मन्त्री गुरुङले भने , ‘२०६५ साल जेठ १५ गते पहिलो संविधान सभाको पहिलो बैठक बसेको थियो । त्यो पहिलो बैठकले मुलुकमा अब राजतन्त्र चाहिँदैन भनेर निर्णय गरेको हो । राजतन्त्र माओवादीले रुकुमबाट वा रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर क्रान्ति सम्पन्न भएको होइन, यो मुलुकमा । यो मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको हो । सामन्तीवाद, त्यसका नायिके राजतन्त्र, राजसंस्था हामीले बुलेटबाट होइन, ब्यालेटबाट पराजित गरेका हौँ । ६०१ जना सांसदमध्ये १ जना सभाध्यक्ष भइहाले । ५९६ जनाले राजतन्त्र चाहिँदैन, गणतन्त्र, लोकतन्त्र चाहिन्छ भनेर मत हालेर आएको हो । कमल थापाका ४ जना थिए, उनीहरुले राजतन्त्र चाहिन्छ, गणतन्त्र चाहिँदैन भने । त्यसकारणले भोटबाट शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्नेकुराको पुष्टि हुन्छ । हाम्रो पार्टीको नीति जनताको बहुदलीय जनवादको क्रान्तिको पाटो सही थियो भन्नेकुरा पुष्टि हुन्छ । माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ ? माओवाद भन्ने शब्दबाट किन डराएर भागिरहेको छ । जनयुद्ध त उनीहरुले बेचेर खाइसके । हामीलाई भनेका होइनन् तिनीहरुले क्रान्तिको बेलामा ? जसको आफ्नो सेना हुँदैन, त्यो कम्युनिष्ट पार्टी हुँदैन । जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिष्ट पार्टी हुँदैन । एमाले संसदीय दलदलमा फसिसक्यो, एमाले कम्युनिष्ट पार्टी होइन । मलाई कम्युनिष्ट होइनन् भनेर एक जनाले सर भन्थे । तर आज उहाँहरुसँग सेना छैन, उहाँहरु कम्युनिष्ट पार्टी हो की होइन ? हामीले त भनेका थियौँ, सेना बनाउने कुरा, हतियार उठाउने कुरा समाज र परिस्थिति अनुसार हुन्छ ।’

माओवादीले जनयुद्धका नाममा गरेको हत्या, हिंसा राजनीतिक मुद्दा नभएको जिकिर गर्दै मन्त्री गुरुङले माओवाद मानिरहने शक्तिले संसदीय प्रणालीमा भाग लिनेकुरा नैतिक सिद्धान्तअनुसार नहुने बताएका छन् ।

मन्त्री गुरुङले माओवादीको जनयुद्धको पाप धुरीबाट कराइरहेको टिप्पणी गर्दै मुलुकलाई सभ्य बनाउन असभ्य कुराहरुको नियमन जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?