Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

मन्त्रीहरु अवसारवादमा लिप्त हुँदा कानून कार्यान्वयन प्रभावित बन्योः सञ्चारमन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रीहरु अवसारवादमा लिप्त हुँदा कानून कार्यान्वयन प्रभावित भएको बताएका छन् ।

मंगलवार नेपाल दूरसञ्चार प्राधिकरणको २७ औँ वार्षिकोत्सव समारोहको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मन्त्रीपिच्छे नै आफूअनुकुलको नियमावली बनाउने रोग भएको कारण कानून कार्यान्वयन प्रभावित भएको बताए । कानूनलाई समयानुकुल परिवर्तन गर्न र प्रभावकारी कार्यान्वयनको लागि नियमावलीमा खेल्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘हाम्रो प्रशासनमा कमजोरी भएकै छ । प्रशासनमा हामी राम्ररी चल्नुपर्यो  । त्यसका लागि मन्त्रालयले के सहयोग गर्नुपर्छ त्यसका लागि हामी सधैं तयार छौं । यो प्रविधिको क्षेत्र भएको हुनाले आज बनाइएको ऐन एक वर्षभित्र परिवर्तन गर्नुपर्छ । हामीसँग एउटा रोग छ । नेपालकै रोग भन्दा पनि भयो । हामी कुनै पोलिसीको लागि एक्ट बनाउँछौं । त्यसका आधारमा हामी नियमावली बनाउँछौं । तर समयमै कानून अपडेट गर्ने कुरामा हाम्रो ध्यान जादो रैनछ । नीति अपडेट गर्ने कुरामा हामीले ध्यान दिदैनौं । अनि हामी अवसरवादमा लिप्त छौं । आफूअनुकुलको नियमावली बनाएर, नियमावलीको राज चलिरहेको छ मन्त्रालयमा । हामीले धेरै पटक मन्त्रिपरिषद्मा समेत छलफल गरेर नियमावली, विनिमावलीको राज गर्ने कुराको अन्त्य गर्नुपर्छ भनेर छलफल गरेका छौं ।’

मन्त्री गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको पुँजीगत खर्च न्युन रहेको उल्लेख गर्दै खर्च बढाउन निर्देशन दिंदै उनले प्राधिकरणको प्रशासनिक कमजोरी धेरै भएका कारण समस्या भएको उल्लेख गर्दै यसमा सुधार गर्न सुझाव दिएका छन् ।


प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?