Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी नष्ट गरौँः पूर्वअर्थमन्त्री कार्की


काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी सफाई अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

मंगलवारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्ने गरेको भन्दै सिंहदरबार र भन्सारमा वर्षौंदेखि थन्किएका पुराना सवारीसाधनहरु नष्ट गर्नसक्ने र नसक्ने यकिन गरी सफाई शुरु गर्नुपर्ने बताएका छन् । उनले हरेक भन्सार कार्यालयहरुमा नष्ट गर्नुपर्ने धेरै सवारीसाधन लगायतका सामग्रीहरु रहेको भन्दै सफाई गर्नका लागि विधेयकमा आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्छन् तर सिंहदरबारमा यति धेरै हाम्रा पुराना गाडीहरु छन् । वर्षौंदेखिका गाडीहरु छन् । अब म पनि अर्थमन्त्री भइसकेको छु । यो हटाउनलाई केले रोकेको छ ? हरेक भन्सार कार्यालयहरुमा धेरै नष्ट गर्ने कुराहरु छन् । त्यो हुन सकेको छैन । यसलाई अन्त्य गर्न के गर्दा उपयुक्त हुन्छ । त्यो गरौँ । भन्सारमा नष्ट गर्न सकिने र नसकिने सामानहरुको यकिन गरेर कसरी यसलाई सफाई गर्नसक्छौँ त्यस दिशामा पनि छलफल गरौँ ।’

समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले भन्सार व्यवस्थालाई अझ व्यवस्थित गर्न जरुरी रहेको बताउदै भन्सारहरु अझ पारदर्शी र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले व्यापार, आन्तरिक उत्पादन वृद्धि गरी आयातलाई निरुत्साहित गर्नेकुरामा जोड दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘जुन हाम्रो भन्सार व्यवस्था छ, त्यो हामीलाई पनि लागिरहेको छ अझ व्यवस्थित हुनुपर्ने हो । अझ ट्रान्सपरेन्स हुनुपर्ने हो । जसले जिम्मेवारी लिइरहेको छ । तिनीहरु थप जिम्मेवार हुनुपर्छ । हाम्रो विद्यमान ऐनमा त्यो जिम्मेवार हुने कुरामा र व्यवस्थित हुनेकुरामा अझ सुधार गर्ने आवश्यक छ । शब्दमाथि शब्द थप्ने कुरा मात्रै मुख्य होइन । व्यापार वृद्धि, आन्तरिक उत्पादन वृद्धि गर्ने कुरा भन्सार दर जुन आयात प्रवद्र्धन गर्न खोजेका छौँ की आन्तरिक उत्पादन प्रवद्र्धन गर्न खोजेका छौँ । आयातलाई निरुत्साहित गरेर आन्तरिक उत्पादन बढाउने कुरामा हामी अघि बढ्नुपर्छ ।’

पूर्वअर्थमन्त्री महतले आयातलाई निरुत्साहित गरेर आन्तरिक उत्पादन बढाउने कुरामा सरकार अघि बढिरहेको बताएका छन् ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?