Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालको चौतर्फी विकासको लक्ष्य राखेको छः राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको भन्दै यसलाई गम्भीरतापूर्वक लिएर देशका कुनाकुनामा दक्ष,विज्ञ चिकित्सकहरुको सेवा पुर्याउनु आवश्यक रहेको उल्लेख गर्दै उनले सबैलाई आफ्नो—आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन आह्वान समेत गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना र मर्मअनुसार भएको बताउदै ठूलो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालको चौतर्फी विकासको लक्ष्य राखेको पनि बताए ।

राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो । संविधानको यो भावना र मर्मलाई आत्मसाथ गर्दै चिकत्सकहरुले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नुहुनेछ भन्ने विश्वास लिएको छु । हामीले ठूलो संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालको चौतर्फी विकासको लक्ष्य राखेको छ । देशका दूरदराजहरुमा अझैपनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था छ । यो अवस्थालाई गम्भीरतापूर्वक लिएर देशका कुनाकुनामा दक्ष,विज्ञ चिकित्सकहरुको सेवा पुर्याउनु आवश्यक छ । सबैलाई आफ्नो आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पु¥याउन म आह्वान पनि गर्दछु । देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि आउने दिनमा नेपाल चिकित्सक संघको भुमिका अझ प्रभावकारी रहनेछ ।’

राष्ट्रपति पौडेलले देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि आउने दिनमा नेपाल चिकित्सक संघको भुमिका अझ प्रभावकारी रहने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?