Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सरकार संकटका पोका बोकेर हिँडेको छ, अध्यादेश पनि त्यसकै उदाहरण होः झलनाथ खनाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउँदै त्यसको एउटा पोको भर्खरै जारी गरिएका अध्यादेश पनि  भएको टिप्पणी गरेका छन् ।

मंगलवार नेपाल प्रेस संगठनले धनुषामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले अध्योदश ल्याउनुपर्ने के जरुरी अवस्था आईपर्यो ? भनेर प्रश्न समेत गरेका छन् । उनले संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानूनहरु सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै उनले सामान्य रुपमा कानून बनाउने कुरामा कसैको पनि अवरोध नगरेको उल्लेख गर्दै सरकारले अध्यादेश ल्याउनुको औचित्य पुष्टि गर्न नसकेको उनको भनाइ छ । उनले अध्यादेश ल्याउनुपर्ने प्रक्रिया नमिलेकै कारण आफ्नो पार्टीले अध्यादेशको समर्थन गर्न नसक्ने बताए ।

उनले भने, ‘अहिले जुन सरकार छ, झन्डै दुई तिहाईको सरकार भारी बर्कम सरकार भएपनि अनेक संकट पोका बोकेर हिँडेको छ । त्यसमध्येको एउटा पोको अहिले भर्खरै जारी गरिएको अधयादेश पनि हो । अध्यादेश ल्याउनुपर्ने के जरुरत छ यो मुलुकमा ? जब कि संविधान अनुरुप कुनैपनि ऐनहरु सामान्य रुपले बनाउन सकिन्छ । सामान्य प्रक्रियाबाट ऐन बनाउने कुरामा कसैले पनि अवरोध गरेको छैन । यो अवरोध नै नभएको बेलामा अध्यादेश ल्याउनुपर्ने कुनै आवश्यकता नै होइन । अध्यादेशहरु तत्काल कानून बनाउन नसकेको विशेष अवस्थामा ल्याइने चिज हो । त्यस्तो के विषेश अवस्था छ त अहिले नेपालमा ? त्यो त सरकारले कुनै परिभाषित गर्न सकेको पनि छैन । त्यसकारण यसको प्रक्रियाकै हिसावले पनि हाम्रो पार्टी, हाम्रो पार्टीको संसदीय दलले यस अध्यादेशलाई समर्थन गर्न सक्दैन ।’

उनले वर्तमान सरकारकै कमजोरीको कारण युवा पलायन बढिरहेको बताउदै वर्तमान सरकारले मान्छे बेच्नको लागि ठाउँ ठाउँमा मेनपावर कम्पनी खोलेर बसेको गम्भिर आरोप लगाएका छन् ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?