Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

पैसा नभएको चेक दिएर सिरानी हालेर मृत्युवरण गर्न बाध्य बनाउने ऋषि धमला !


  • माधव तिवारी

प्राइमटाइम्स टेलिभिजनले स्वर्गीय पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक बापतको करिब २२ लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेछ । दैनिकी १५ घण्टासम्म काम गरेको पारिश्रमिक मृत्यु भैसक्दा पनि नपाउनु दुःखको कुरा हो । टेलिभिजनका लेखा अधिकृतसँग भएको श्यामसुन्दरको संवादमा दुई पक्षको बीचमा २२ लाख मध्ये १७ लाख भुक्तानी दिने कुरा भएको रहेछ । १७ लाख मध्ये टेलभिजनले विभन्न समयमा १० लाख रुपैयाँ चेक पनि दिएको रहेछ तर पैसा नभएको चेक सिरानी हालेर सुत्दासुत्दै बिरामी हुँदासम्म राम्रोसँग उपचार नभएर उहाँको निधन भैसकेको छ ।

टेलभिजनका सञ्चालक ऋषि धमलाले स्वर्गीय श्यामका दाजुलाई पटक पटक पैसा चाँडै दिन्छु भन्दै भोलि र पर्सीको आश्वासन पनि दिनुभएको रहेछ । तर नतिजा अहिलेसम्म शून्य नै रहेछ । म पनि स्वर्गीय श्यामसुन्दरको गाउँले दाजु भएका नाताले यसै सञ्जाल मार्फत नेपाल पत्रकार महासंघ र प्रेस रजिष्टाचारको ध्यानाकर्षण गराउन चाहन्छु । साथै प्रेस चौतारी नेपाल एशोसियट प्रदेशले पनि यस विषयमा गम्भीर चासो लिएर नतिजाका लागि काम गरोस् ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?