Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पैसा नभएको चेक दिएर सिरानी हालेर मृत्युवरण गर्न बाध्य बनाउने ऋषि धमला !


  • माधव तिवारी

प्राइमटाइम्स टेलिभिजनले स्वर्गीय पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक बापतको करिब २२ लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेछ । दैनिकी १५ घण्टासम्म काम गरेको पारिश्रमिक मृत्यु भैसक्दा पनि नपाउनु दुःखको कुरा हो । टेलिभिजनका लेखा अधिकृतसँग भएको श्यामसुन्दरको संवादमा दुई पक्षको बीचमा २२ लाख मध्ये १७ लाख भुक्तानी दिने कुरा भएको रहेछ । १७ लाख मध्ये टेलभिजनले विभन्न समयमा १० लाख रुपैयाँ चेक पनि दिएको रहेछ तर पैसा नभएको चेक सिरानी हालेर सुत्दासुत्दै बिरामी हुँदासम्म राम्रोसँग उपचार नभएर उहाँको निधन भैसकेको छ ।

टेलभिजनका सञ्चालक ऋषि धमलाले स्वर्गीय श्यामका दाजुलाई पटक पटक पैसा चाँडै दिन्छु भन्दै भोलि र पर्सीको आश्वासन पनि दिनुभएको रहेछ । तर नतिजा अहिलेसम्म शून्य नै रहेछ । म पनि स्वर्गीय श्यामसुन्दरको गाउँले दाजु भएका नाताले यसै सञ्जाल मार्फत नेपाल पत्रकार महासंघ र प्रेस रजिष्टाचारको ध्यानाकर्षण गराउन चाहन्छु । साथै प्रेस चौतारी नेपाल एशोसियट प्रदेशले पनि यस विषयमा गम्भीर चासो लिएर नतिजाका लागि काम गरोस् ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?