Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

दिवंगत पत्रकार पुडासैनीको पारिश्रमिक यथाशीघ्र नदिए कडा आन्दोलनमा उत्रने महासंघ एसोसिएट प्रदेशको चेतावनी !


काठमाडौं। नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले यसै वर्ष दिवंगत भएका पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक बापतको करिब २२ लाख रुपैयाँ प्राइमटाइम्स टेलिभिजनले अझै भुक्तानी नगरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले दिवंगत पुडासैनीको श्रमको पारिश्रमिक यथाशीघ्र उनको परिवारलाई हस्तान्तरण गर्न माग समेत गरेको हाे ।

‘एक श्रमजीवी पत्रकारको पसिनाको मूल्य मृत्युपछि पनि नपाउनु अत्यन्तै दुखद कुरा हो । हामीलाई प्राप्त विवरणअनुसार, टेलिभिजनका लेखा अधिकृतसँग भएको श्यामसुन्दरको संवादमा २२ लाखमध्ये १७ लाख रुपैयाँ भुक्तानी गर्ने सहमति भएको जानकारीमा आएको छ। सो रकममध्ये टेलिभिजनले विभिन्न समयमा १० लाख रुपैयाँको चेक दिएको तर खातामा रकम नहालिदिंदा भुक्तानी लिन नसकेको घटनाले हामी झन् दुखित भएका छौं ’ विज्ञप्तीमा उल्लेख छ । साथै अन्य पत्रकारहरूले पनि यस्तै समस्या भोगेको भए सम्पर्क गर्न समेत महासंघले अनुरोध गरेको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?