Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

दिवंगत पत्रकार पुडासैनीको पारिश्रमिक यथाशीघ्र नदिए कडा आन्दोलनमा उत्रने महासंघ एसोसिएट प्रदेशको चेतावनी !


काठमाडौं। नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले यसै वर्ष दिवंगत भएका पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक बापतको करिब २२ लाख रुपैयाँ प्राइमटाइम्स टेलिभिजनले अझै भुक्तानी नगरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले दिवंगत पुडासैनीको श्रमको पारिश्रमिक यथाशीघ्र उनको परिवारलाई हस्तान्तरण गर्न माग समेत गरेको हाे ।

‘एक श्रमजीवी पत्रकारको पसिनाको मूल्य मृत्युपछि पनि नपाउनु अत्यन्तै दुखद कुरा हो । हामीलाई प्राप्त विवरणअनुसार, टेलिभिजनका लेखा अधिकृतसँग भएको श्यामसुन्दरको संवादमा २२ लाखमध्ये १७ लाख रुपैयाँ भुक्तानी गर्ने सहमति भएको जानकारीमा आएको छ। सो रकममध्ये टेलिभिजनले विभिन्न समयमा १० लाख रुपैयाँको चेक दिएको तर खातामा रकम नहालिदिंदा भुक्तानी लिन नसकेको घटनाले हामी झन् दुखित भएका छौं ’ विज्ञप्तीमा उल्लेख छ । साथै अन्य पत्रकारहरूले पनि यस्तै समस्या भोगेको भए सम्पर्क गर्न समेत महासंघले अनुरोध गरेको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?