Trending
>>   पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी >>   दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने >>   ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन् >>   प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ >>   साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ >>   सडक सुरक्षाको दीर्घकालिन योजनाको काम सरकारले कहिलेदेखि थाल्छ:निशा डाँगी >>   आगामी वर्षदेखि नोटबाहेक सबै छपाई सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छः सञ्चारमन्त्री >>   परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेट >>   सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल >>   विद्युत प्राधिकरणको नाफा घट्योः हितेन्द्र भन्छन्–विद्युत विक्रीमा कमी आयो
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

मिटरब्याज पीडितलाई गृहमन्त्री श्रेष्ठले भने- माग सम्बोधन हुन्छ, घर फर्किनुहोस्


१९ चैत्र, काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् । अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे ।

मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु गृहजिल्ला फर्कने तयारीमा छन् । उनले पीडितसँग अवस्था बुझ्दै भने, “तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।”

घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको थियो । मन्त्री श्रेष्ठले भने, “उहाँहरु अब फर्कने तयारीमा हुनुहुन्छ । उताबाट करिब दुई साता हिँडेर आउनुभएको छ, त्यसैले उहाँहरुको स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरिएको हो ।”

वीर अस्पतालका मेडिकल अफिसर डा सञ्जय धरेलले सबैजनाको स्वास्थ्यावस्था सामान्य रहेको बताए । “उहाँहरुको अवस्था सामान्य छ । केही दीर्घरोगका बिरामीलाई आवश्यक परीक्षण र परामर्शका लागि सिफारिस गरेका छौँ”, उनले भने ।

पीडितले आफ्नो माग सम्बोधन हुनेमा विश्वस्त भएर फर्किंने तयारीमा रहेको बताए । उनीहरुले गृहमन्त्रीसँग घर फर्किन आवश्यक सवारीको व्यवस्थापनका लागिसमेत माग गरेका छन् । “सहमति अनुसार समस्या समाधान हुने विश्वस्त छौँ”, सिरहाका श्यामकुमार ठाकुरले भने, “हामी जे उद्देश्यले काठमाडौँ आयौँ, सोही अनुसार नीति निर्माणको प्रक्रिया अघि बढेको छ ।”

मिटरब्याज पीडितहरु ११ दिन हिँडेर काठमाडौँ आएका थिए ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?