Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

राष्ट्रको समृद्धि र दिगो विकासका लागि सबैले एकतावद्ध भएर सहकार्य गर्नुपर्छः राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको समृद्धि र दिगो विकासका लागि सबैले एकतावद्ध भएर सहकार्य गर्नुपर्ने बताएका छन् ।

सोमवार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक, मूल्य,मान्यता र सदाचार सभ्य समाजको मेरुदण्ड भएको बताउदै समृद्धि र दिगो विकासका लागि वित्तीय सफलताका साथै नैतिकता, समानता र सेवाभावको कार्य गर्नुपर्ने बताए । भावि पुस्तालाई सकारात्मक परिवर्तनका लािग परिलक्षित संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा एकतावद्ध हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘नैतिक मूल्य, मान्यता, सदाचार र योग कुनैपनि सभ्य समाजका मेरुदण्ड हुन् । स्थायित्व, समृद्धि र समतामुलक समाज निर्माणका लागि यी गुणहरु अनिवार्य छन् । जब कुनै समाजले नैतिकता, अनुशासन र इमान्दारीतालाई सम्मान गर्छ त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुद हुन्छ । जस्को स्मृतिमा यो पुरस्कार स्थापना गरिएका छन् उहाँहरुले देखाउनुभएको मार्गले आज कयौँलाई प्रेरित गरेको छ । समाजलाई समुन्नत बनाउने जिम्मेबारी हाम्रो साझा दायित्व हो । केबल वित्तीय सफलताले मात्रै पर्याप्त हुँदैन । हामीले समाज, राष्ट्र र भावि पुस्ताका लागि सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ । नैतिकता, समानता र सेवाभावका साथ अघि बढेमात्र देशको समृद्धि र दिगो विकास सम्भव हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको मार्ग पनि यही हो । यस मार्गमा हामी सबैले एकताबद्ध भएर सहकार्य गर्न आवश्यक छ ।’

कार्यक्रममा नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार क्रमशः प्राध्यापक डा. विद्यानाथ उपाध्याय भट्ट र पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई समर्पण गरिएको थियो ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?