Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अरुलाई घोचपेच गरेर खुशी हुने र त्यसैमा गर्व गर्ने प्रवृत्ति बढ्योः खिलराज रेग्मी


काठमाडौँ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले समाजलाई अनुशासित र चरित्रवान बनाउन नैतिक शिक्षा र सिकाइ पद्धति सुधार गर्नुपर्ने बताएका छन् ।

सोमवार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा बोल्दै उनले अरुलाई घोचपेच गरेर खुशी हुने प्रवृत्ति बढेको बताउदै मानवता, नैतिक शिक्षा जस्ता विषयमा पठनपाठन गराउन छोडिएको भन्दै मानवीय शत्चरित्र र आदर्शका गुण हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, ‘आज सदाचार, नैतिकता र सदाचार जस्ता मानवीय सद्चरित्र जस्ता आदर्शका गुणहरु समाजमा ह्रासोन्मुख छन् । मानवता, नैतिकता र सद्चरित्र जस्ता विषयको सिकाई र शिक्षाबारे राम्रो गहन अध्ययन गराउनै छोडियो । मानिसमा आफ्नो स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति बढ्दै गएको छ । अनुशासन, विनयशिलता र वाणिमा शालीनता हराउँदै गएको छ । अहंकार, दम्भ र को भन्दा को कम भन्ने भावना बढेको पाइन्छ । अरुलाई घोचपेज गरेर खुशी हुने र त्यसैमा गर्व गर्ने प्रवृत्ति बढेको छ । त्यसैले व्यक्ति समाजलाई अनुशासित र चरित्रवान बनाउन नैतिक शिक्षा र सिकाइ पद्धति नै सुधारको आवश्यकता छ भन्ने मलाई लाग्दछ ।’

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई सर्वोदय सेवा संघले भैरव सदाचार राष्ट्रिय पुरस्कार २०८१ समर्पण गरेको थियो ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?