Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

०८४ मा काँग्रेसको बहुमत नआए पनि फेरी ठूलो पार्टी बनाउनुपर्छः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्नेगरी तयारीमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमवार रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस आगामी निर्वाचनमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्नसक्ने बताउदै पहिलाको भन्दा ठूलो पार्टी बन्नेगरी तयारी गर्न निर्देशन दिएका छन् । उनले नेताहरुबीचका मतभेदहरु छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताएका छन् ।

सभापति देउवाले भने, ‘भोलिको दिनमा हाम्रो पार्टीले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो, हिजोको भन्दा ठूलो पार्टी बनाउन हामी लाग्नुपर्छ भन्नेकुरा अनुरोध गर्न चाहन्छु । हाम्रो बीचमा अनेक किसिमका मतभेदहरु हुन सक्छन् । ति सबै कुरालाई हामीले आपसमा छलफल गरेर टुंग्याउनु पर्छ । मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्छ । हाम्रो पार्टीलाई जीवन्त पार्टी बनाउनसके मात्रै हामी अघि बढ्न सक्छौँ ।’

सभापति देउवाले नेपालको लोकतन्त्र समावेशी र समानुपातिक तथा विपक्षी दलसहितको राम्रो व्यवस्था भएको बताए ।


प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?